सेबाश्रय पछाड़िको सिद्धान्त समयमा, मानवीय तथा सुलभ स्वास्थ्य सेवा होः अभिषेक ब्यनर्जी
सेबाश्रय पछाड़िको सिद्धान्त समयमा, मानवीय तथा सुलभ स्वास्थ्य सेवा होः अभिषेक ब्यनर्जी


कोलकाता, 19 दिसम्बर (हि. स.)। तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यनर्जीले गए बिहीवार अबेर राती एक्स (पूर्वमा ट्विटर)-मा एउटा पोस्टको माध्यमबाट सेबाश्रय योजनाको मूल सिद्धान्त र यसको सफलतामाथि प्रकाश पारे।

अभिषेक ब्यनर्जीले लेखे, सेबाश्रय पछाड़िको सिद्धान्त स्पष्ट छः हेरचाह समयमा, मानवीय तथा बिना कुनै अपवादको सबैको लागि सुलभ हुनुपर्छ। स्वास्थ्य सेवा कुनै विशेषाधिकार हुनसक्दैन जुन दूरत्व, विलम्ब तथा परिस्थितिबाट निर्धारित होस् जबकि यो मानिसहरूसम्म त्यसबेला पुग्नुपर्छ जतिबेला उनीहरूलाई यसको सबैभन्दा बढ़ी आवश्यकता पर्छ।

उनले भने, सेबाश्रय (2)- को 18औं दिन बजबजमा हामीले जे देख्यौं त्यो एउटा यस्तो प्रणालीको परिणाम थियो जसलाई सुनियोजित रूपमा चाँड़ै नै आपतकाललाई ठिम्याउने, कुनै हिच्किचाहट बिनै प्रतिक्रिया दिनको लागि डिजाइन गरिएको छ। सेबाश्रमलाई कमजोरीलाई संकटमा बदल्नअघि कुनै ढिल्याई नगरी पीड़ा बढ़न अगावै कार्य गर्नको लागि बनाइएको हो।

अभिषेक ब्यनर्जीले अझ भने, दिन-प्रतिदिन सेबाश्रयले यो प्रदर्शन गरिरहेको छ कि शासनलाई प्रतिक्रियाशील हुन आवश्क छ, यो पूर्वानुमान, उत्तरदायी तथा विश्वासनीय हुनसक्छ। यसको शक्ति हेरचाहको कुनै एक क्षणमा नभएर निरन्तरतामा निहित छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande