द्वारकामा एक नाइजीरियन समेत नौजना ड्रग तस्करहरू समातिए, हतियार र नगद जफत
द्वारकामा एक नाइजीरियन समेत नौजना ड्रग तस्करहरू समातिए, हतियार र नगद जफत


नयाँ दिल्ली, 20 दिसम्बर (हि.स.)। द्वारका जिल्ला पुलिसले नशा विरोधी “अपरेशन क्लीन स्वीप-2” अन्तर्गत ड्रग तस्करीमा सामेल मानिसहरूमाथि लगाम लगाएको छ। यस विशेष अभियानको क्रममा पुलिसले एकजना नाइजीरियन नागरिक सहित नौजना आरोपीहरूलाई पक्राउ गरेको छ। छापामारीमा प्रचुर मात्रामा मादक पदार्थ, अवैध मदिरा, हतियार लाखौं रुपियाँ नगद भेटिएको छ। पुलिसको भनाइछ, सर्च अपरेशन अहिले पनि जारी छ।

द्वारका जिल्लाका पुलिस उपायुक्त अंकित सिंहले शनिवार बताए, भारत सरकारको ड्रग्स विरोधी जीरो टलरेन्स नीति अन्तर्गत यो अभियान संचालन गरिएको हो। उपराज्यपाल विनय कुमार सक्सेनाको मार्गदर्शन औ पुलिस आयुक्त सतीश गोलचाको नेतृत्वमा नशा मुक्त दिल्लीको दिशामा लगातार अभियान चलाइँदैछ।

50 वटा ठेगानाहरूमा छापामारी, 9 जना पक्राउ-पुलिस उपायुक्त अनुसार 19 र 20 दिसम्बरको दिन द्वारका जिल्ला पुलिसद्वारा एकैसाथ 50 अलग-अलग स्थानहरूमा छापा मारियो। एसीपी अपरेशन रामअवतारको निगरानीमा इन्स्पेक्टर कमलेश कुमार, सुभाष चन्द, विश्वेन्द्र, मनीष, विवेक मंडोलाको टीमले यो कारबाही गरेको हो। यस अवधि पुलिसले नशाको कारबारसित जोड़िएका 9 जना मानिसहरूलाई समात्यो र उनीहरूको कब्जाबाट प्रचुर मात्रामा ड्रग्स, अवैध मदिरा, हतियार तथा नगद जफत गऱ्यो।

पक्रा पर्ने आरोपीहरूमा एकजना विदेशी पनि सामेल-पुलिस उपायुक्त अनुसार पुलिसले पक्राउ गरेका आरोपीहरूमा द्वारका, उत्तम नगर, डाबरी, मोहन गार्डन औ बिन्दापुर क्षेत्रका मानिसहरू सामेल छन् भने एकजना आरोपी नाइजेरियाको लागो निवासी रहेको छ जसले दिल्लीमा बसेर नशाको कारबार गर्दै आइरहेको थियो।

यस अभियान अन्तर्गत छावला, उत्तम नगर, डाबरी, मोहन गार्डन औ द्वारका साउथ थानामा एनडीपीएस एक्ट, दिल्ली आबकारी अधिनियम तथा आर्म्स एक्ट अन्तर्गत 8 वटा अलग-अलग मुद्दा दर्ता गरिएको छ। यसबीच पुलिसले 33.244 किलो गाँजा, 62 ग्राम एम्फेटामीन, एविलको 13 वटा इन्जेक्शन, बुप्रेनोर्फिनको 32 वटा ट्याबलेट, 105 क्वार्टर अवैध मदिरा, एउटा चक्कु र 3,64,040 नगद जफत गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande