सीएपी अध्यक्ष राईले राज्यवासीहरूलाई लोसूङ र नामसूङको शुभकामना दिए
सीएपी अध्यक्ष राईले राज्यवासीहरूलाई लोसूङ र नामसूङको शुभकामना दिए


गान्तोक, 20 दिसम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईले पवित्र लोसूङ र नामसूङको अवसरमा भोटिया र लेप्चा समुदायहरूका साथै राज्यवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।

सीएपी अध्यक्षले आफ्नो सन्देशमा लोसूङ र नामसूङ नयाँ वर्षको शुरुवात र फसलको मौसमको अन्त्यको प्रतीक रहेको बताउॅंदै यस अवसरमा समुदायहरू प्रकृतिको वरदान र कडा परिश्रमको फलको लागि कृतज्ञता व्यक्त गर्न एकसाथ आउँछन् भनी उल्लेख गरेका छन्। अनुष्ठान र उत्सवहरू अति​रिक्त लोसूङ र नामसुङले श्रमको गरिमा मनाउनुका साथै सामुदायिक बन्धनलाई बलियो बनाउँछन् तथा भूमि, प्रकृति र सामूहिक प्रयासको सम्मानलाई पुन: पुष्टि गर्छन् भनी उनले बताएका छन्।

यो शुभ अवसरले सिक्किमका जनताको ह्रदयमा विशेष स्थान राखेको छ र यसले हाम्रो राज्यको अद्वितीय सांस्कृतिक आत्मालाई प्रतिबिम्बित गर्दछ, जहाँ विविधताको कदर गरिन्छ र परम्पराहरूलाई गर्वका साथ संरक्षित गरिन्छ भनी उल्लेख गरेका छन्। उनले लोसुङ र नामसुङ केवल भोटिया र लेप्चा समुदायका चाडपर्वहरू मात्र होइनन्, तर सिक्किमको साझा सम्पदा र सामूहिक पहिचानलाई समृद्ध बनाउने उत्सवहरू हुन् भनेका छन्। यो नयाँ वर्षले सबैका लागि शान्ति, समृद्धि, सुस्वास्थ्य र खुशीको शुरुवात गरोस् भनी उनले कामना गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande