राज्यस्तरीय युवा महोत्सवमा सोरेङ जिल्लाका प्रतिभागीहरूको उत्कृष्ट प्रदर्शन
राज्यस्तरीय युवा महोत्सवमा सोरेङ जिल्लाका प्रतिभागीहरूको उत्कृष्ट प्रदर्शन


गान्तोक, 20 दिसम्बर (हि.स.)। खेलकुद एवं युवा मामिला विभाग, सोरेङ जिल्लाले राजधानीमा सम्पन्न राज्यस्तरीय युवा महोत्सव प्रतियोगिताहरूमा सोरेङ जिल्लाका प्रतिभागीहरूले उल्लेखनीय उपलब्धी हासिल गरेको बताएको छ। 29औं नेशनल युथ फेस्टिभल 2026 अन्तर्गत यस प्रतियोगिताको आयोजना 18 देखि 19 दिसम्बर, 2025 सम्म पाल्जोर स्टेडियमको इन्डोर ब्याडमिन्टन हलमा गरिएको थियो।

सोरेङ जिल्लाका प्रतिभागीहरूले कविता लेखन, भाषण, चित्रकला, समूह नृत्य, कथा लेखन र समूह लोक गीतमा भाग लिएका थिए। जिल्लाका ​प्रतिभागीहरूले साधारण प्रतिभा, रचनात्मकता र सांस्कृतिक उत्कृष्टता प्रदर्शन गरेको बताइएको छ।

विभाग अनुसार, अनुप छेत्री कविता लेखनमा प्रथम, लाक्पा छिरिङ भोटिया कथा लेखनमा प्रथम, मन्जिला कामी चित्रकला प्रतियोगितामा दोस्रो, प्रवीण छेत्री भाषण प्रतियोगितामा तेस्रो तथा बी.एड कलेज समूह लोक नृत्यमा तेस्रो भए। जिल्ला र राज्यस्तरीय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शनका आधारमा अनुप छेत्रीलाई 29औं नेशनल युथ फेस्टिभल 2026 का लागि चयन गरिएको छ। उक्त प्रतियोगिता आगामी जनवरीमा नयॉं दिल्लीमा हुनेछ।

खेलकुद एवं युवा मामिला विभाग, सोरेङकी उप निदेशकले सबै अधिकारीहरू, कर्मचारीहरू, प्रशिक्षकहरू, संस्थानहरू लगायत सम्बन्धित सबैलाई समर्पित प्रयास र टिमवर्कको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। यसैगरी, उनले अभिभावकहरूलाई पनि निरन्तर प्रोत्साहन, मार्गदर्शन र समर्थनको लागि धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande