खेरनीको स्थिति बिस्तारै सामान्य तर्फ, दुईजनाको मृत्यु, सेनाको फ्ल्याग मार्च
खेरनीको स्थिति बिस्तारै सामान्य तर्फ, दुईजनाको मृत्यु, सेनाको फ्ल्याग मार्च


कार्बी आंगलोंग (असम), 24 दिसम्बर (हि.स.)। पश्चिम कार्बी आंगलोंग जिल्लाको खेरनीको स्थिति बिस्तारै सामान्य हुँदै गइरहेको छ। अधिकारीहरू अनुसार गए राती कुनै पनि स्थानमा हिंसक घटना भएको कुनै सूचना प्राप्त भएको छैन। स्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कड़ा बनाइएको छ। क्षेत्रमा सेनाद्वारा फ्ल्याग मार्च गरिँदैछ भने अतिरिक्त पुलिस बल र अर्धसैनिक बललाई तैनाथ गरिएको छ। प्रशासनले मानिसहरूसित शान्ति काम राख्ने अपील गरेको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले खेरनीको घटनालाई लिएर गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, उनले हरेक क्षण स्थितिको निगरानी गरिरहेका छन्। मुख्यमन्त्रीले संघर्षमा दुईजना मानिसहरूको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन्।

पुलिस महानिदेशक (डीजीपी) हरमीत सिंह पूरीले राती खेरनीमै बसेर स्थितिको जायजा लिरहे। यस अवधि प्रदर्शनकारीहरूद्वारा डीजीपीमाथि ढुङ्गामुड़ा गरिएको पनि सूचना प्राप्त भएको छ।मृतकहरूमा एकजनाको पहिचान विशेष रूपमा दिव्यांग सुरज देको रूपमा भएको छ जसको दोकानमा लगाइएको आगोमा जिउँदै जलेर मृत्यु भयो।दिव्यांग भएको कारणले उनी आगो बलिरहेको दोकानबाट बाहिर निक्लिन सकेनन्। यस घटनामा सिंथुर तिमुंग नामक अर्को व्यक्तिको पनि मृत्यु भएको छ। स्थितिलाई पूर्ण रूपमा नियन्त्रणमा लिएपछि बुधवार बिहानदेखिकै सेनाले फ्ल्याग मार्च गरिरहेको प्रशासनले बताएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

 rajesh pande