पश्चिम सिक्किमको उत्तरेस्थित सरस्वती संस्कार केन्द्रमा 'सप्तशक्ति संगम' कार्यक्रम आयोजित
Vidya Bharati


Vidya Bharati


Vidya Bharati


गान्तोक, 27 दिसम्बर (हि.स.)। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको प्रान्तीय समिति विद्या भारती सिक्किम अन्तर्गत पश्चिम सिक्किममा नेपालको सीमासॅंग जोडिएको सुन्दर ग्रामीण क्षेत्र उत्तरेस्थित सरस्वती संस्कार केन्द्रले 'सप्तशक्ति संगम' कार्यक्रम आयोजना गऱ्यो।

कार्यक्रममा राज्य स्वास्थ्य विभागकी सेवानिवृत्त उप निदेशक एवं साहित्यकार रिक्की ल्हमु लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित थिइन्। उनले आफ्नो सम्बोधनमा भनिन्, मातृशक्ति पनि सबै विषयहरूमा अगाडि आउनु पर्छ। शिक्षित र संस्कारित हुनका साथै सशक्त र कौशलयुक्त पनि हुनुपर्नेछ। घर, परिवार, समाज र देशको विकासमा महिलाहरूको पनि ठूलो भूमिका हुन्छ।

यसैगरी, मुख्य वक्ता एवं विद्या भारतीकी अखिल भारतीय सह मन्त्री पवित्रा दाहालले आफ्नो सम्बोधनमा विद्या भारती, संस्कार केन्द्र र सप्तशक्ति संगम विषयमा विस्तारपूर्वक प्रकाश पारिन्। उनले जानकारी गराउॅंदै भनिन्, राष्ट्रिय स्वयंसेवक संघको शताब्दी वर्षको उपलक्ष्यमा विद्या भारतीले देशव्यापी रूपमा मातृशक्तिको माध्यमले महिलाहरूहरूलाई सप्तशक्ति संगम आयोजना गरिरहेको छ।

उनले अझ भनिन्, जीवनमा हामीले आवश्यकता अनुसार सिक्नु पर्छ, इच्छानुसार होइन्। युवा पुस्तालाई यो नै विचार र संस्कार दिनु पर्नेछ। स्वको भाव, विचार, कुटुम्ब प्रबोधन, पर्यावरण, पञ्च परिवर्तन घरबाटै शुरू गर्नुपर्नेछ। यसमा माताहरूको भूमिका महत्वपूर्ण छ। विद्या भारती सिक्किमले विद्यालय र संस्कार केन्द्रहरूद्वारा समाजलाई जोड्दै उक्त कार्यक्रम गरिरहेको छ।

सरस्वती संस्कार केन्द्रकी प्रमुख व्यवस्थापक एवं विद्या भारती सिक्किमकी बालिका शिक्षा प्रमुख दावा जाङ्गु शेर्पाद्वारा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथि सिक्किम सिस्टरकी प्रमुख संयोजिका बीना राईले सप्तशक्ति संगमको प्रस्तावना राखेकी थिइन्। यसैगरी, कार्यक्रमलाई विशिष्ट अतिथि नरमाया गुरुङले पनि सम्बोधन गरेकी थिइन्।

यस अवसरमा स्थानीय चार जना माताहरूलाई सम्मानित गरियो। कार्यक्रममा विद्या भारती सिक्किम प्रान्तका संयोजक मोहन शर्मा, संस्कार केन्द्रका 30 जना विद्यार्थी, उनीहरूका अभिभावक, स्थानीय माताहरू आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande