
कोलकाता, 29 दिसम्बर (हि.स.)। दक्षिण 24 परगना जिल्लाको मगराहाटमा चुनाउ आयोगका विशेष मतदाता सूची पर्यवेक्षक सी मुरुगनमाथि भएको हमलालाई लिएर नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले मुख्यमन्त्री ममता ब्यानर्जीमाथि सोझो हमला गरेका छन्। सोमवार साँझ शुभेन्दु अधिकारीले सोशल मीडियाको माध्यमबाट उक्त घटनालाई ममता ब्यनर्जीको शासनमा भएको आतंकको थप अर्को लज्जाजनक अध्याय बताएका छन्।
शुभेन्दु अधिकारीले भने, चुनाउ आयोगद्वारार नियुक्त विशेष पर्यवेक्षक तथा भारतीय प्रशासनिक सेवाका अधिकारी सी मुरूगनमाथि ड्यूटीकालमा तृणमूल कंग्रेसका मानिसहरूको भीड़ले हमला गऱ्यो र उनलाई घेरेर अपमानित गऱ्यो। उनले आरोप लगाए, यो हमला कुनै एक जना अधिकारीमाथि मात्र नभएर लोकतन्त्र, संविधान एवं निष्पक्ष चुनाउको आशा राख्ने हरेक मतदातामाथि सोझो हमला हो।
नेता प्रतिपक्षले भने, ममता ब्यानर्जीको शासनमा पश्चिम बंगाल एउटा यस्तो जंलराजमा परिणत भयो जहाँ संवैधानिक जिम्मेवारी निभाइरहेका अधिकारीलाई नै शिकारलाई जस्तै लक्षित गरिँदैछ।उनले आरोप लगाए, यो कुनै अचानक भएको घटना होइन, जबकि सुनियोजित हमला थियो जसलाई स्थानीय स्तरमा तृणमूल नेताहरूले परिणाम दिलाए। अधिकारीले दाबी गरे, जिल्ला परिषद सदस्य मुजिबर जस्ता नेताहरूले भीड़लाई एकत्र गर्नमा भूमिका निभाए।
शुभेन्दु अधिकारीले मगराहाटको उल्लेख गर्दै भने, यही त्यो क्षेत्र हो जहाँ वर्ष 2020-मा भाजपाका राष्ट्रिय अध्यक्ष एवं केन्द्रिय स्वास्थ्य मन्त्री जेपी नड्डाको लावा-लस्करमा पनि हमला भएको थियो। यस्ता घटनाहरूले यो साबित गर्दछ कि राज्यमा कानून व्यवस्था पूर्ण रूपले ध्वस्त भइसकेको छ।।
शुभेन्दु अधिकारीले यस सम्पूर्ण मामिलामा चुनाउ आयोग तथा केन्द्र सरकारसित कड़ा हस्तक्षेप ग र्ने माग गरेका छन् ताकि भविष्यमा चुनावी प्रक्रियासित जोड़िएका अन्य अधिकारीहरूमाथि यस किसिमको हमला नदोहोरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा