नोएडामा पत्नीको हत्या गरी सिक्योरिटी गार्डले गऱ्यो आत्महत्या
नोएडामा पत्नीको हत्या गरी सिक्योरिटी गार्डले गऱ्यो आत्महत्या


नोएडा, 29 दिसम्बर (हि.स.)। नोएडाको थाना बिसरख क्षेत्रमा बस्ने एक व्यक्तिले हिजो राति आफ्नी पत्नीको साथ कुटपिट गरी उसको हत्या गऱ्यो। त्यसपछि उसले पंखामा झुण्डिएर आत्महत्या गऱ्यो। घटनास्थलमा पुगेर पुलिसले दुवै शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको लागि पठाएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

पुलिस आयुक्त लक्ष्मी सिंहका मिडिया इन्चार्ज विजय कुमार गौतमले बताए, बिसरख थाना क्षेत्रको सरस्वती कुञ्ज निवासी 35 वर्षीय जोगिन्दर पालका छोरा अनिलले हिजो राति आफ्नी पत्नी 32 वर्षीया अनितासित कुटपिट गऱ्यो, जसको परिणामस्वरूप पत्नीको मृत्यु भयो।

उनले थपे, आफ्नी पत्नीको मृत्युपछि जोगिन्दरले पनि आफ्नो घरमा पंखामा झुण्डिएर आत्महत्या गऱ्यो। पुलिसले आज बिहान घटनाबारे जानकारी पायो।

पुलिसले घटनास्थलमा पुगेर शवहरूलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको लागि पठाएको छ। निरीक्षणको लागि घटनास्थलमा फोरेन्सिक टोली बोलाइएको छ। मृतकका परिवारलाई घटनाको बारेमा जानकारी गराइएको छ। उनले भने, अनुसन्धानबाट मृतक एक महिनादेखि आफ्नी पत्नीसँग सरस्वती कुञ्जमा बस्दै आएको थाहा लागेको छ। अनिल सोसाइटीमा सुरक्षा गार्डको रूपमा काम गर्थ्यो भने उसकी पत्नी अनिता घरहरू सफा गर्ने काम गर्थिन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande