संदिग्ध परिस्थितिमा व्यक्तिको मृत्यु, क्षेत्रमा तनाउ
संदिग्ध परिस्थितिमा व्यक्तिको मृत्यु, क्षेत्रमा तनाउ


मालदा, 31 दिसम्बर (हि. स.)। एकजना व्यक्तिको असामान्य मृत्युलाई लिएर बुधवार गाजोल शहरको अभिजात क्षेत्र नेताजी सुभाषपल्लीमा सन्त्राष फैलियो। मृत व्यक्तिको पहिचान उत्तर प्रदेश निवासी अनुराग पाण्डे (52)-को रूपमा भएको छ जो एक टावर कम्पनीमा कार्यरत थियो।

सूत्र अनुसार बिहान सिँढ़ी घरको ढोका खोल्दा घर मालिक मृणाल रायले अनुरागको शव लड़िरहेको देखे। यो दृश्य देख्नसाथ उनले तुरून्तै पुलिसलाई सूचना दिए। खबर पाउनसाथ गाजोल थानाका प्रभारी आशिष कुण्डु घटनास्थलमा पुगे। प्रारम्भिक जाँच पश्चात पुलिसले शवलाई कब्जामा लिएर गाजोल स्टेट जनरल अस्पतालमा पठाइदियो जहाँबाट असामान्य मृत्युको मामिला दर्ता गरी शवलाई पोस्टमर्टम गरनको लागि मालदा मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। व्यक्तिको मृत्यु कुन कारणले भएको हो, पत्तो लगाउन पुलिस जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande