
गाँदरबल, 31 दिसम्बर (हि.स.)। गाँदरबल पुलिस स्टेशनले स्पेशल अपरेशन्स ग्रुप गाँदरबलसित मिलेर बुधवार गाँदरबल जिल्लामा संचालन गरेको एक अपरेशनमा हतियार, विस्फोटक तथा प्रचुर मात्रामा नगद राशि जफत गरेको दाबी गरेको छ।
अधिकारीहरू मुताविक जफत गरिएका हतियारहरूमा एउटा चीनीयाँ पेस्तोल, एउटा म्यागजिन, चार वटा जिउँदो राउण्ड तथा दुई वटा हतगोला सामेल छन्। कारबाहीमा 8.40 लाख रुपियाँ नगद पनि जफत गरियो। पुलिस सूत्रले बतायो, यी सबै सामग्रीहरू दुईजना व्यक्तिबाट गरिएको हो जसको पहिचान बन्दीपोराको हाजिनस्थित बांगर टोल निवासी गुलाम नबी र गाँदरबलको शालाबुघ निवासी शबनम नजिरको रूपमा भएको छ।
सूत्रले बतायो, आरोपीहरूलाई गाँदरबलको गुंद्रेहमान ब्रिज निकट अटो-रिक्शा (जेके15बी-7309)-बाट यात्रा गर्दै गर्दा रोकिएको थियो। जाँच गर्दा मानक कानूनी प्रक्रियाहरूलाई पालन गर्दै हतियार, विस्फोटक र नगद जफत गरियो। पुलिसले भन्यो, पुलिस स्टेशन गाँदरबलमा एफआईआर संख्या 204/2025 अन्तर्गत गैरकानूनी गतिविधि रोकथाम अधिनियमको धारा 13 तथा भारतीय शस्त्र अधिनियमको धारा 7 र 25 अन्तर्गत मामिला दर्ता गरिएको छ। जफत गरिएको हतियार, विस्फोटक र नगद राशिको श्रोत पत्तो लगाउनको साथै आतंकवादी वा आपराधिक नेटवर्क सहित कुनै पनि सम्भावित सम्बन्धको बारेमा पत्तो लगाउनको लागि अग्रिम जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा