
नयाँ दिल्ली, 31 दिसम्बर (हि.स.)। नव वर्ष 2026-लाई स्वागत गर्नको लागि पश्चिमी जिल्ला पुलिस पूर्ण रूपले तत्पर छ। पश्चिमी जिल्लाका पुलिस उपायुक्त दराडे शरद भास्करले बुधवार बताए, जिल्लामा शान्ति, सुरक्षा एवं कानून व्यवस्थालाई कायम राख्नको लागि व्यापक व्यवस्था गरिएको छ। बितेको 48 घण्टामा पश्चिमी जिल्ला पुलिसले कड़ा कारबाही गर्दै 697 मानिसहरूलाई पक्राउ गऱ्यो। यस अतिरिक्त 1252 मानिसहरूलाई दिल्ली पुलिस एक्टको धारा 65 अन्तर्गत प्रतिबन्ध लगाइयो जबकि 146 वाहनहरूलाई धारा 66 अन्तर्गत जफत गरियो।
पुलिस उपायुक्त मुताविक नववर्षको रातलाई मध्यनजर गर्दै पश्चिमी जिल्लामा 1469 पुलिसकर्मीहरूलाई तैनाथ गरिएको छ। यसमा बाहिरी बलका दुई कम्पनी पनि सामेल छन्। वरिष्ठ अधिकारीहरूले स्वयं फिल्डमा रहेर सुरक्षा व्यवस्थाको निगरानी गरिरहेका छन्।
होटल, पब र बजारहरूमा कड़ा नजर-
नववर्षको अवसरमा होटल, रेस्टोरेन्ट, पब, क्लब, मल र भीड़भाड़ हुने सार्वजनिक स्थलहरूमा विशेष सतर्कता अप्नाइँदैछ। सबै थाना क्षेत्रहरूबाट पुलिस बलसितै जिल्ला कार्यालय, यूनिट, जिल्ला रिजर्भव तथा मोटर साइकल पेट्रोलिंग स्टाफलाई पनि तैनाथ गरिएको छ।
पुलिस अनुसार असामाजिक तत्वहरूमाथि लगाम कस्नको लागि लगातार अभियान संचालन गरिँदैछ।
पुलिसका एकजना वरिष्ठ अधिकारीले बताए, राजौरी गार्डन, तिलक नगर, सुभाष नगर, हरि नगर, जनकपुरी तथा पञ्जाबी बाग जस्ता क्षेत्रहरूमा विशेष नगर राखिँदैछ। यी क्षेत्रहरूमा पब र क्लबहरू अधिक रहेको कारणले बाहिरी मानिसहरूको व्यापक आवागमन हुने सम्भावना रहन्छ। यसरी नै संवेदनशील र भीड़ हुने क्षेत्रहरूमा मचान मोर्चा, विशेष पिकेट तथा ब्यारिकेड लगाइएको छ। यस अतिरिक्त मोटरसाइकल अनि स्कूटीबाट गस्ती, इमरजेन्सी रेस्पन्स व्हीकल (ईइसावी) र पैदल पेट्रोलिंगलाई बढ़ाइएको छ। ड्रिंक एण्ड ड्राइभविरूद्ध विशेष अभियान संचालन गरिँदैछ। ध्वनि प्रदूषणमाथि कड़ा नजर राखिंदैछ।
पुलिस उपायुक्तले बताए, जिल्लाका सबै एसएचओ, अतिरिक्त एसएचओ तथा अन्य पर्यवेक्षण अधिकारीहरू प्रमुख सड़क, बजार अनि संवेदनशील स्थानहरूमा तैनाथ छन्। पूर्ण व्यवस्थाको निगरानी एसीपी र एकजना अतिरिक्त डीसीपीले गरिरहेका छन्।
पश्चिमी जिल्ला पुलिसले मानिसहरूसित अपील गरेका छन्, उनीहरूले नववर्षको उत्सव जिम्मेवारी र शान्तिको साथमा मनाउन्। यातायात नियमहरूको पालन गरून्, रक्सी खाएर वाहन नचलाउन् तथा कुनै पनि आपत स्थितिमा तुरून्तै पुलिसलाई सूचना दिउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा