
पटना, 31 दिसम्बर (हि.स.)। बिहारको छपरामा एकजना युवतीको निर्मम हत्या भएको घटनाले सम्पूर्ण बिहारलाई झक्झकाइदिएको छ। यो घटना अमानवीय र लज्जाजनक मात्र नभेर बिहारको कानून व्यवस्थाको भयानक स्थितिलाई पनि उजागार गर्छ। जसरी अपराधीहरूको मनोबल बढ़िरहेको छ, त्यसले स्पष्ट रूपमा दर्शाउँछ कि राज्यमा महिलाहरूको सुरक्षा पूर्ण रूपले विफल भइसकेको छ। उक्त मन्तव्य बिहार प्रदेश कंग्रेसका अध्यक्ष राजेश रामले एक प्रेस विज्ञप्ति मार्फत व्यक्त गरेका छन्।
उनले घटनाप्रति गहिरो चिन्ता र आक्रोश व्यक्त गर्दै भने, एफआईआरमा जुन तथ्य सामु आएको छ त्यो अत्यन्तै चिन्ताजनक छ। एकजना पीड़ितालाई न्याय दिलाउनको सट्टा उसको ज्यान लिइनुले राज्य सरकार अनि पुलिस प्रशासनको कार्यप्रणालीमाथि ठूलो प्रश्न उठाउँछ। उनले भने, आखिर अपराधी यतिसम्म निडर कसरी भयो जसले कानून, पुलिस र समाजलाई नै खुल्ला चुनौती दिरहेको छ।
राजेश रामले माग गरे, यस सम्पूर्ण मामिलाको निष्पक्ष, तीव्र तथा पारदर्शी जाँच गराइयोस्। कुनै पनि दोषी चाहे त्यो जति नै प्रभावशाली किन नहोस्,-लाई कुनै पनि मूल्यमा नबचाइयोस्। पीड़ितालाई तुरून्त सुरक्षा, उचित क्षतिपूर्ति एवं न्याय दिने भरोसा दिलाइयोस्।
प्रदेश अध्यक्षले स्पष्ट पारे, कंग्रेस पार्टी यस दुःखको घड़ीमा पीड़ित परिवारको साथमा छ र जबसम्म न्याय पाउँदैन तबसम्म कंग्रेसको लड़ाईँ पूर्ण शक्तिको साथमा जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा