मार्शल आर्ट्स एण्ड फिटनेस एकाडेमीको टोली च्याम्पियनशिपमा भाग लिएर फर्किए 
मार्शल आर्ट्स एण्ड फिटनेस एकाडेमीको टोली च्याम्पियनशिपमा भाग लिएर फर्किए


खरसाङ, 01 फरवरी (हि.स.)। मार्शल आर्ट्स एण्ड फिटनेस एकाडेमी खरसाङको टोली पहिलो सिक्किम ओपन इन्टरनेशनल कराते च्याम्पियनशिप 2025 मा भाग लिएर फर्किएको छ। च्याम्पियनशिप गत 28 देखि 30 जनवरी 2025 सम्म गान्तोकको पाल्जोर इन्डोर स्टेडियममा आयोजित भएको थियो।

सिक्किम स्टेट कराते डो एसोसिएसनले आयोजना गरेको च्याम्पियनशिपमा नेपाल, भुटान, जापान र भारतका खेलाडी सहभागी भएका थिए। उक्त कराँते च्याम्पियनशीपमा माफाबाट 36 सहभागीहरूले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रतिनिधित्व गरेका थिए, जसमा टोलीले 8 स्वर्ण पदक, 8 रजत पदक र 8 कांस्य पदक जित्न सफल भएको जानकारी माफाकी निर्देशिका कल्पना छेत्रीले दिएकी छन्।

उनले बताए अनुसार, च्याम्पियनशिप निकै कठिन भएको र सबै देशका टिमले एरिनामा करातेको उत्कृष्ट सीप प्रदर्शन गरेका थिए। उनले सिक्किमको आयोजक समितिको व्यवस्थापनलाई यति ठूलो र अद्भुत च्याम्पियनसिप आयोजना गरेकोमा प्रशंसा पनि गरिन् जसमा विद्यार्थीहरूले वर्षको सुरुमा धेरै अनुभवहरू प्राप्त गरेको जानकारी गराएका छन्‌‌।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande