नयाँ दिल्ली, 01 फरवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार वित्तमन्त्री निर्मला सीतारमणद्वारा संसदमा पेश गरिएको केन्द्रिय बजेटलाई जनता जनार्दनको बजेट बताए औं यसले मानिसहरूको हातमा अधिक पैसा दिनेछ भने।
प्रधानमन्त्री मोदीले एउटा भीडियो सन्देशको माध्यमले केन्द्रिय बजेट 2025-26 मा प्रतिक्रिया दिँदै भने, यो बजेटले बचत बढ़ाउनेछ, निवेश बढ़ाउनेछ, खपत बढ़ाउनेछ र विकासलाई पनि अगाड़ी बढ़ाउनेछ। उनले बजेटको निम्ति वित्त मन्त्री निर्मला सीतारमण र उनको पूरा टीमलाई जनताको बजेट पेश गर्नका लागि बधाई दिए। उनले भने, आज भारतको विकास यात्राको एक महत्वपूर्ण चरण हो। यो 140 भारतीयहरूको आकांक्षाहरूको बजेट हो, यो हरेक भारतीयको सपनालाई पूरा गर्ने बजेट हो। हामीले युवाहरूका लागि धेरै सेक्टर खोलेका छौं। यसले विकसित भारतको मिशनलाई गति दिनेछ, यो बजेट फोर्स मल्टीप्लायर हो।
प्रधानमन्त्रीले भने, यो बजेट देशवासीहरूको सपनाहरूलाई पूरा गर्ने हो। हामीले युवाहरूका लागि धेरै सेक्टर खोलेका छौं। विकसित भारतको मिशनलाई आम नागरिकले अगाड़ी बढ़ाउन गइरहेको छ। यो बजेट फोर्स मल्टीप्लायर हो। यो बजेट बचत, निवेश, खपत र ग्रोथलाई बढ़ाउनेछ। साधारणतः बजेटको फोकस यसमाथि हुन्छ कि सरकारी खजाना कसरी भर्नसकियोस् तर यो बजेट यसको ठीक विपरित छ। यसले आम व्यक्तिको गोजी कसरी भरियोस्, मानिसहरूको बचत कसरी बढ़ोस् र मानिसहरू विकासमा भागीदार कसरी बनोस् यसको बलियो आधार राख्दछ। यस बजेटमा सुधारको दिशामा महत्वपूर्ण कदम उठाइएको छ। परमाणु उर्जामा निजी क्षेत्रलाई प्रोत्साहन दिने फसेला एतिहासिक हो। आउने समयमा यसले देशको विकासमा असैन्य परमाणु उर्जाको ठूलो योगदान सुनिश्चित गर्नेछ।
बजेटमा हरेक प्रकारले रोजगारका सबै क्षेत्रहरूलाई प्राथमिकता दिइएको छ, उनले भने। उनले यस्ता सुधारहरूको चर्चा गर्दै भने, इन्फ्रास्ट्रक्चरको दर्जा दिँदा भारतमा ठूला जहाजहरूको निर्माणले प्रोत्साहण पाउनेछ, आत्मनिर्भर भारत अभियानले गति पाउनेछ। जहाज निर्माण सबैभन्दा धेरै रोजगार दिने सेक्टर हो। यसैगरी देशमा पर्यटनको पनि धेरै सम्भावनाहरू छन्। 50 महत्वपूर्ण पर्यटन स्टेशनहरूमा होटल बनाइनेछ, पहिलो पल्ट होटलहरूलाई इन्फ्रास्ट्रक्चरको परिधिमा ल्याउँदा पर्यटनले ठूलो प्रोत्साहन पाउनेछ। यसबाट होस्पिटेलिटी सेक्टरले नयाँ उर्जा पाउनेछ, जुन रोजगारको धेरै ठूलो सेक्टर हो।
हिन्दुस्थान समाचार / भवानी थामी