सिपाहीधुरा निवासी सुरज तामाङ भोइस अफ् नेपालको मञ्चमा पुग्न सफल
सिपाहीधुरा निवासी सुरज तामाङ भोइस अफ् नेपालको मञ्चमा पुग्न सफल


खरसाङ, 01 फरवरी (हि.स.)। तीनधारे महानदी समष्टिको सिपाहीधुरा निवासी सुरज तामाङ भोइस अफ् नेपालको मञ्चमा पुग्न सफल बनेका छन्। उनी केही दिन अघि भोइस अफ् नेपालमा अडिशन राउण्डमा उत्तीर्ण भएका छन्।

उनले भोइस अफ् नेपालको ब्लाइण्ड अडिशन राउण्डमा दुईजना निर्णायकहरुलाई घुमाउन सफल बनेका थिए। दुईजना निर्णायकहरुमा सिपाहीधुरा निवासी सुरज तामाङ लोकप्रिय गायक एवं कोच राजु लामाको टिममा गएका छन्। हालमा उनी भोइस अफ् नेपालमा प्रस्तुति दिनलाई काठमाण्डौंमा रहेका छन्।

सुरज तामाङ नेपाली सांगीतिक यात्रामा सक्रिय भएर लागि परेका छन्। सुरज तामाङ तीनधारे महानदी समष्टि स्तरीय 'स्वर लहर- प्रतिभाको खोज' सिजन दुईको उप विजेता पनि बनिसकेका छन्। उनले केही गीतहरुमा पनि आफ्नो स्वर दिइसकेका छन्।‌

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande