भारतीय युवाहरूका लागि ब्रिटेनमा पढ्ने-नोकरी र प्रवासको सुनौलो अवसर, ब्रिटिश उच्चायोगले माग्यो आवेदन
भारतीय युवाहरूका लागि ब्रिटेनमा पढ्ने-नोकरी र प्रवासको सुनौलो अवसर, ब्रिटिश उच्चायोगले माग्यो आवेदन


लन्दन, 11 फरवरी (हि.स.)। ब्रिटेन-भारत युवा पेशावर योजना (वाईपीएस) अन्तर्गत भारतीय युवाहरूलाई ब्रिटेनमा अध्ययन, रोजगार र प्रवासको अवसर प्राप्त हुन गइऱहेको छ। यस योजनाको निम्ति आवेदन प्रक्रिया 18 फऱवरीदेखि शुरू भएर 20 फरवरीसम्म जारी रहनेछ।

ब्रिटिश उच्चायोग अनुसार, 18 देखि 30 वर्षको आय़ुका भारतीय नागरिकले यस अवसरको निम्ति gov.uk मा आवेदन गर्नसक्छन्। यस वर्ष कूल 3000 आवेदकहरूलाई ब्रिटेन जाने अवसर प्राप्त हुनेछ। आवेदन निःशुल्क हुनेछ र चयन प्रक्रिया पूर्ण रूपमा रेन्डम (क्रमरहित) प्रणालीमाथि आधारित हुनेछ।

बयानमा स्पष्ट रूपमा उल्लेख गरिएको छ, ब्रिटेनको यात्रा गर्ने तारिकमा आवेदकहरूको आयु 18 वर्ष हुनुपर्छ। साथै उनीहरूको शैक्षिक योग्यता ब्रिटेनको स्नातक डिक्री बराबर वा त्यसभन्दा माथि हुनुपर्छ। यस बाहेक आवेदन गर्न अगाड़ी सबै आवेदकहरूलाई सबै आवश्यक योग्यता पूरा गर्नु भनिएको छ। भारतीय युवाहरूलाई यस योजनाको धेरै लाभ पुग्ने भनिएको छ।

योजनाको इतिहास र लाभः

यस योजनाको शुरूआत फरवरी 2023 मा भएको थियो र यो भारत र ब्रिटेनका युवाहरूलाई एक-अर्काको देशहरूमा दुई वर्षसम्म बस्ने, अध्ययन गर्ने र काम गर्ने अवसर प्रदान गर्दछ। 2023 मा यस योजना अन्तर्गत 2100 भऩ्दा धेरै भारतीय नागरिकहरूलाई भीसा जारी गरिएको थियो।

चयनित उम्मेदवारहरूलाई आवेदनको दुई हप्ताभित्र ईमेलको माध्यमले सूचित गरिनेछ। यसपछि उसले भीसा प्रक्रियाको निम्ति आवेदन गर्नसक्नेछ र आवश्यक भीसा शुल्क जमा गर्नसक्नेछ।

यस योजनाबाट भारतीय युवाहरूलाई अन्तरराष्ट्रिय अनुभव प्राप्त गर्ने, करियरको नयाँ अवसर खोज्ने र वैश्विक स्तरमा नेटवर्क विकसित गर्ने शानदार अवसर प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande