महाकुम्भ नगर, 13 फरवरी (हि.स.)। गीता मनीषी डा. राधा गिरि महाराजलाई जूना अखाड़ाको महामण्डलेश्वर बनाइएको छ। जूना अखाड़ाको अन्तरराष्ट्रिय संरक्षक एवं अखिल भारतीय अखाड़ा परिषदको महामन्त्री श्रीमहन्त हरि गिरि महाराजको मार्गनिर्देशनमा भएको समारोहमा उनलाई महामण्डलेश्वर बनाइयो। जूना अखाड़ा पीठाधीश्वर आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरि महाराजले उनको अभिषेक गरी उनलाई विधिवत रूपमा महामण्डलेश्वर बनाए।
श्री दूधेश्वर पीठाधीश्वर एवं जूना अखाड़ाका अन्तरराष्ट्रिय प्रवक्ता श्रीमहन्त नारायण गिरी महाराज, मेला प्रभारी श्रीमहन्त मोहन भारती महाराज, श्रीमहन्त विद्यानन्द गिरि पटियाला, सचिव श्रीमहन्त गणपत गिरि महाराज, सचिव ओम भारती समेत सैकडौं सन्तहरूको उपस्थितिमा डा. राधा गिरि महाराजलाई आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरि महाराजले विधिवत रूपमा महामण्डलेश्वर घोषित गरे।
श्रीमहन्त नारायण गरि महाराजले भऩे, डा. राधा गिरि महाराज ब्रह्मलीन श्रीमहन्त विनोद गिरि महाराजका शिष्य हुन् र उनको हरिद्वारमा श्री अमीर गिरि धाम र रोहतकमा श्री भगवत धामको नामले आश्रम छ। आचार्य महामण्डलेश्वर स्वामी अवेशानन्द गिरि महाराज र श्रीमहन्त हरि गिरि महाराजले भऩे, डा. राधा गिरि महाराजले पहिलेदेखि नै सनातन धर्मको प्रचार-प्रसार गरिरहेका छन्। उनी महामण्डलेवर बन्दा यो कार्य अझ् अधिक तीव्रताले हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी