- मृतकका आफन्तलाई 10 लाख, गम्भीर घाइतेलाई अढाई लाख र सामान्य घाइतेलाई प्रतिव्यक्ति 1-1 लाख रूपियाॅंनयाँ दिल्ली, 16 फरवरी (हि.स.)। प्रयागराज जाने रेलहरूमा भीडभाड बढी भएकाले शनिवार राति नयाँ दिल्ली रेलवे स्टेशनमा अचानक भागदौड मच्चियो। दुर्घटनामा 18 जनाको मृत्यु भयो। १२ जना घाइतेाको अस्पतालमा उपचार चलिरहेको छ। भारतीय रेलवेले मृतकको परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ। राष्ट्रपति, प्रधानमन्त्री लगायत सबै प्रमुख व्यक्तित्वहरूले मृतकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।शनिवार राति नयाँ दिल्ली रेलवे स्टेशनको प्लेटफर्म नम्बर १२, १३, १४, १५ र १६ मा भारी भीडका कारण दुर्घटना भएको थियो। दिल्ली पुलिसले १४ महिलासहित १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ। एलएनजेपी अस्पतालमा १५ जना र लेडी हार्डिङ अस्पतालमा ३ जनालाई मृत घोषित गरिएकाे छ।
मृतकहरूको भयाे पहिचानमृत्यु हुनेहरूमा बिहारको बक्सर निवासी आहा देवी (७९), दिल्लीको संगम विहार निवासी पिंकी देवी (४१), सरिता विहार निवासी शीला देवी (५०), दिल्लीको बवाना निवासी व्योम (२५), बिहार निवासी पुनम (४०), बिहार निवासी ललिता देवी (३५), बिहार निवासी सुरुची (११), बिहारको मुजफ्फरपुर निवासी कृष्णा देवी (४०), बिहारको समस्तीपुर निवासी विजय साह (१५), बिहारको समस्तीपुर निवासी नीरज (१२), बिहारको नवादा निवासी शान्ति देवी (४०), बिहारको नवादा निवासी पूजा (८), हरियाणाको भिवानी निवासी संगीता मलिक (३४), महावीर एन्क्लेभ निवासी पुनम (३४), दिल्लीको नांगलोई निवासी ममता झा (४०), दिल्लीको सागरपुर निवासी रिया सिंह (७), दिल्लीको बिजवासन निवासी बेबी (२४) र दिल्लीको नांगलोई निवासी मनोज (४७) रहेका छन्।
आर्थिक सहयाेगकाे घाेषणा
भारतीय रेलवेले मृतकका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ। प्रत्येक मृतकको परिवारलाई १० लाख रूपियाॅं, गम्भीर घाइतेलाई २.५ लाख रूपियाॅं र सामान्य घाइतेलाई १ लाख रूपियाॅं आर्थिक सहयोग दिइनेछ।
राष्ट्रपति र प्रधानमन्त्रीले समवेदना व्यक्त गरे राष्ट्रपति द्रौपदी मुर्मूले मृतकहरूप्रति समवेदना व्यक्त गर्दै भनिन्, नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौडमा मानिसहरूको मृत्यु भएको थाहा पाउँदा मलाई गहिरो दुःख लागेको छ। शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
नयाँ दिल्ली रेलवे स्टेशनमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स पोस्टमा लेखेका छन्, नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडबाट म दुःखी छु। आफ्ना प्रियजन गुमाउनु भएका सबैप्रति मेरो समवेदना। घाइतेहरूको छिट्टै स्वास्थ्यलाभ होस् भन्ने कामना गर्दछु। अधिकारीहरूले भागदौडबाट प्रभावित सबैलाई सहयोग गरिरहेका छन्।
केन्द्रीय गृहमन्त्री अमित शाहले एक्स पोस्टमा लेखेका छन्, दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति म समवेदना व्यक्त गर्दछु। घाइतेहरूलाई सम्भव भएसम्मको उपचार दिइँदैछ। म उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
रक्षामन्त्री राजनाथ सिंहले शोक व्यक्त गर्दै लेखे, नयाँ दिल्ली रेलवे स्टेशनबाट विनाशकारी खबर। रेलवे प्लेटफर्ममा भागदौडका कारण भएको मृत्युप्रति म अत्यन्तै दुःखी छु। यस दुःखको घडीमा शोकसन्तप्त परिवारजनप्रति मेरो समवेदना छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनालाई हृदयविदारक बताएका छन् र एक्समा लेखेका छन्, नयाँ दिल्ली रेलवे स्टेशनमा भएको दुर्घटनामा ज्यान गुमाउनु अत्यन्तै दुखद र हृदयविदारक छ। शोकसन्तप्त परिवारजनप्रति मेरो समवेदना छ। दिवंगत आत्माहरूलाई शान्ति, शोकसन्तप्त परिवारलाई यो अपार दु:ख सहन सक्ने शक्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि भगवान श्री रामसँग प्रार्थना गर्दछु।
हिन्दुस्थान समाचार / भवानी थामी