नयाँ दिल्ली, 18 फरवरी (हि.स.)। ज्ञानेश कुमार देशको नयाँ मुख्य निर्वाचन आयुक्त हुनेछन्। उनले राजीव कुमारको स्थान लिनेछन्। यस सम्बन्धमा कानून मन्त्रालयले सूचना जारी गरेको छ। राजीव कुमारको कार्यकाल आज समाप्त भएको छ।
गत वर्ष मार्चमा निर्वाचन आयुक्तको रूपमा मनोनित ज्ञानेश कुमार देशको अर्को मुख्य निर्वाचन आयुक्त हुनेछन्। उनले यस वर्षको अन्त्यमा हुने बिहार विधानसभा चुनाउ र अर्को वर्ष बंगाल, असम र तमिलनाडुमा हुने चुनाउको देखरेख गर्नेछन्। यससँगै, राष्ट्रपति र उपराष्ट्रपतिको चुनाउ 2027 मा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यकालमा हुनेछ। केरला क्याडरका 1988 ब्याचका आईएएस अधिकारी ज्ञानेश कुमार तीन सदस्यीय प्यानलमा रहेका दुई आयुक्तमध्ये वरिष्ठ हुन्।
यसअघि सोमवार केन्द्रिय गृहमन्त्री अमित शाह र लोकसभामा विपक्षी दलका नेता राहुल गॉंधीले मुख्य निर्वाचन आयुक्तको नाममाथि विचार गर्न नर्थ ब्लकमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको बैठकमा भाग लिएका थिए। पुरानो प्रणाली अन्तर्गत तीन सदस्यीय निर्वाचन आयोगमा सबैभन्दा वरिष्ठ निर्वाचन आयुक्तलाई प्रमुख निर्वाचन आयुक्त बनाइन्थ्यो। तर, निर्वाचन आयुक्तहरूको नियुक्ति सम्बन्धी कानून अन्तर्गत अब नयाँ मुख्य निर्वाचन आयुक्तको छनोट समिति मार्फत गरिन्छ।
मुख्य निर्वाचन आयुक्त तथा अन्य निर्वाचन आयुक्तहरू (नियुक्ति, सेवाका सर्तहरू र कार्यालयका सर्तहरू) ऐन, 2023 अन्तर्गत नयाँ मुख्य निर्वाचन आयुक्त हाल आयोगमा समावेश गरिएका निर्वाचन आयुक्तहरू मध्ये एक हुन सक्छन् वा नयाँ नाम तय गर्न सकिन्छ। ऐन अन्तर्गत केन्द्रिय कानून तथा न्याय मन्त्रीको अध्यक्षतामा खोज समितिले पाँच जना उम्मेदवारहरूको सूची तयार गर्छ।
उल्लेखनीय छ, मुख्य निर्वाचन आयुक्त रहेका राजीव कुमारले सन् 2022 मा यो कार्यभार सम्हालेका थिए। उनको नेतृत्वमा निर्वाचन आयोगले 2024 मा लोकसभा चुनाउ गराएको थियो। यसबाहेक, धेरै राज्यहरूमा विधानसभा चुनाउ सम्पन्न गरियो, जसमा जम्मू कश्मीर, महाराष्ट्र, हरियाणा, कर्नाटक, तेलंगाना, मध्य प्रदेश, झारखण्ड र दिल्ली विधानसभा चुनाउ सामेल छन्।
हिन्दुस्थान समाचार / भवानी थामी