नयॉं दिल्ली, 19 फरवरी (हि.स.)। नवनियुक्त मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले बुधवार बिहान 26औं मुख्य निर्वाचन आयुक्त (सीईसी) को रूपमा कार्यभार सम्हालेका छन्। यसअघि, उनलाई सोमवार नयाँ मुख्य निर्वाचन आयुक्त नियुक्त गरिएको थियो। पूर्व मुख्य निर्वाचन आयुक्त राजीव कुमार 18 फरवरीमा सेवानिवृत्त भएका थिए।
आज बिहान पदभार ग्रहण गरेपछि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदान राष्ट्रको सेवा गर्ने पहिलो पाइला हो भनी बताए। उनले 18 वर्ष उमेर पूरा गरेका प्रत्येक भारतीय नागरिकले मतदान गर्नुपर्छ भने।
1988 ब्याचका आईएएस अधिकारी ज्ञानेश कुमार निर्वाचन आयोगका सदस्यहरूको नियुक्तिको लागि नयाँ कानून अन्तर्गत नियुक्त हुने पहिलो मुख्य निर्वाचन आयुक्त हुन्। उनको कार्यकाल 26 जनवरी 2029 सम्म रहनेछ।
ज्ञानेश कुमारको चार वर्षको कार्यकालमा 20 राज्य र एउटा केन्द्र शासित प्रदेश (पुडुचेरी) मा चुनाउ हुनेछ। यो बिहार विधानसभा चुनाउबाट शुरु हुनेछ र अन्तिम चुनाउ मिजोरममा हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी