लखनऊ, 19 फरवरी (हि.स.)। बहुजन समाज पार्टी (बसपा) सुप्रीमो मायावती विरूद्ध कांग्रेस नेता एवं पूर्व सांसद उदितराजको टिप्पणीमा समाजवादी पार्टी (सपा) अध्यक्ष एवं पूर्व मुख्यमन्त्री अखिलेश यादव मौन रहनुलाई लिएर बसपाका राष्ट्रिय महासचिव एवं राज्यसभाका पूर्व सदस्य सतीश चन्द्र मिश्राले अखिलेशलाई लक्षित गरेका छन्।
उनले भनेका छन्, अखिलेश यादव जसले हरेक मंचबाट सामाजिक न्यायको कुरा गर्छन्, जसको पार्टीको कांग्रेसको साथ गठबन्धन छ, यस मामिलामा उनी मौन रहँदा यस्ता घृणित बयानको समर्थन गरिरहेको छ। अखिलेश मौन रहनु, उनको असली अनुहार उजागर गरेको छ। कांग्रेस नेता एवं पूर्व सांसद उदितराजको घृणित, लज्जास्पद, अपमानजनक र निन्दनीय बयान न केवल बहुजनको अपमान हो तर यो पूरा बहुजन समाजका दलितहरू र स्वाभिमानी भारतीयहरूको गरिमामाथि कुठाराघात हो। यो कांग्रेसको संधैदेखि रहिआएको दलित विरोधी, महिला विरोधी र जातिवादी मानसिकताको घृणित प्रमाण हो। यस पार्टीले यसैगरी डा. भीमराव अम्बेडकरको पनि अपमान गरेको थियो, जसले गर्दा उनले विधि मन्त्रीको पद त्याग गरेका थिए।
उनले भने, उत्तर प्रदेशको चार पल्ट मुख्यमन्त्री रहेकी एवं पहिलो दलित महिलाले शासनको परिभाषा परिवर्तित गरिन्, उनले राज्यमा कानूनको राज स्थापित गरेकी थिइन्, जसले गर्दा अपराधी डराउनेगर्थे। दलितहरू, पछौटेहरू एवं वञ्चितहरूलाई न्याय दिलाउनका लागि उनीहरूको स्वाभिवान बढ़ाउनका लागि मायावतीले अनेकौं एतिहासिक फसेलाहरू लिएकी थिइन्। जसले करोड़ौं शोषितहरू र वञ्चितहरूलाई सशक्त बनाइन्, उनी विरूद्ध विष पोख्नु कांग्रेस पार्टी र उसका नेताहरूको संधैदेखि चलिआएको तुच्छ राजनीतिको स्तर र दूषित मानसिकताको प्रमाण हो।
हिन्दुस्थान समाचार / भवानी थामी