डिब्रूगढमा चिया र मदिरा व्यवसायी राजेन लोहियाको घरमा ईडीको छापा
डिब्रूगढमा चिया र मदिरा व्यवसायी राजेन लोहियाको घरमा ईडीको छापा


डिब्रूगढ, 04 फरवरी (हि.स.)। डिब्रूगढका एक प्रतिष्ठित व्यवसायी एवं मनोहारी चिया बगानका मालिक राजेन लोहियाको आवासमा ईडीको टीमले मंगलवार बिहान छापा मारेको छ। छापा बिहान लगभग 6 बजी मारिएको र उनका अन्य व्यावसायिक परिसरहरू लगायत छ स्थानमा एक साथ कारबाही गरिएको बताइएको छ।

लोहिया केवल चिया व्यवसायसॅंग मात्र नभएर मदिरा व्यवसायसॅंग पनि जोडिएको बताइएको छ। उनको अरुणाचल प्रदेशमा वेयरहाउस र चिया उत्पादन एकाईहरू छन्। 2022 मा उनको स्वामित्वमा रहेको मनोहारी चिया बगान त्यस समय चर्चामा आयो जब त्यहॉं उत्पादित चियाको नीलामीप्रति क्रिलोग्राम डेढ लाख रूपियॉं भएको थियो।

सूत्रहरू अनुसार, आयकर चोरी र अन्य आर्थिक अनियमितताहरूको आरोपमा छापा मारिएको हो। सॉंझसम्म कारबाही चलिरहेको थियो, तर ईडीले अहिलेसम्म कुनै आधिकारिक जानकारी साझा गरेको छैन।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande