राष्ट्रिय खेल: फुटबलमा स्वर्ण पदक जितेर केरला बन्यो च्याम्पियन, उत्तराखण्डलाई रजत पदक
राष्ट्रिय खेल: फुटबलमा स्वर्ण पदक जितेर केरला बन्यो च्याम्पियन


हल्द्वानी, 08 फरवरी (हि.स.)। उत्तराखण्डमा आयोजित 38औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रवार खेलाइयो। फाइनलमा केरलाको टोलीले उत्तराखण्डको टोलीलाई 1-0 ले पराजित गर्दै स्वर्ण पदक जित्यो। उत्तराखण्डले रजत पदकमा चित्त बुझाउनु पऱ्यो।

हल्द्वानीमा खेलिएको रोमाञ्चक फाइनल खेलमा दुई टोलीबीच कडा प्रतिस्पर्धा देखियो। पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। दोस्रो हाफमा, 53औं मिनेटमा केरलाका गोकुल एसले उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई 1-0 को अग्रता दिलाए। तर, केरलाका लागि परिस्थिति तब कठिन बन्यो जब उनका खेलाडी सफवान एमले 75औं मिनेटमा रेड कार्ड पाए, जसले गर्दा केरलाले बाँकी खेल 10 खेलाडीमा खेल्न बाध्य भयो। तर, केरलाको रक्षापंक्तिले उत्तराखण्डलाई गोल गर्ने कुनै मौका दिएन र 1-0 को जितसँगै केरलाले 38औं राष्ट्रिय खेलमा फुटबलमा स्वर्ण पदक जित्न सफल बन्यो।

कांस्य पदकको खेलमा दिल्लीले असमलाई हरायोकांस्य पदकका लागि दिल्ली र असमबीच कडा प्रतिस्पर्धा भयो। दिल्लीले असमलाई 4-2 ले पराजित गर्दै कास्य पदक जितेको छ भने असमले चौथो स्थानमा चित्त बुझाउनु पऱ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande