नयाँ दिल्ली, 08 फरवरी (हि.स.)। यस पटक 70 सिटको दिल्ली विधानसभाको चुनाउ अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) को पक्षमा जाने देखिँदैन। अहिलेसम्मको मतगणना अनुसार, भारतीय जनता पार्टी (भाजपा) को विजय रथले आआपलाई पछाडि पार्दै तीव्र गतिमा अगाडि बढिरहेको छ। भारतीय निर्वाचन आयोगको बिहान 10 बजीसम्मको मतगणनामा भाजपा 38 सिटमा र आआप 27 सिटमा अगाडि छ।
आयोग अनुसार, करावल नगरबाट भाजपाका कपिल मिश्र 8603, कालकाजीबाट भाजपाका रमेश विधूडी 1149, मालवीय नगरबाट भाजपाका सतीश उपाध्याय 1263 मतले अगाडि छन्। यहाँ रोचक कुरा के छ भने दिल्लीका मुख्यमन्त्री तथा कालकाजीबाट आम आदमी पार्टीकी उम्मेदवार आतिशीको प्रतिष्ठा दाउमा छ। उनलाई भाजपाका विधूडीले कडा चुनौती दिइरहेका छन्।
पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल हाल नयाँ दिल्ली सिटबाट केवल 254 मतले अगाडि छन्। यद्यपि, जंगपुराबाट आआपका उम्मेदवार मनीष सिसोदियाले कुनै विशेष चमत्कार गरेको देखिँदैन।
हिन्दुस्थान समाचार / भवानी थामी