दिल्ली: कड़कड़डूमा कोर्टस्थित बस्तीमा आगलागी, 3 जनाको मृत्यु
कड़कड़डूमा कोर्टस्थित बस्तीमा आगलागी


नयाँ दिल्ली, 11 मार्च (हि.स.)। दिल्लीको कड़कड़डूमा कोर्टस्थित एउटा बस्तीमा गए राति अचानक आगलागी भयो। दुर्घटनामा तीन जनाको जलेर मृत्यु भएको छ। जानकारी पाउने बित्तिकै पुलिस र दुईवटा दमकल घटनास्थलमा पुगेर आधा घण्टाभित्र आगोलाई नियन्त्रित गरेका थिए।

खोजीको क्रममा बस्तीमा तीनवटा जलेको शव फेला परेको छ। पुलिसले तीनै जनाको शव आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि नजिकैको अस्पतालको शवगृहमा सुरक्षित रूपमा राखेको छ। मृतकहरूको पहिचान जग्गी (34), श्याम सिंह (36) र जितेन्द्र (35) को रूपमा गरिएको छ। तीनै जना उत्तर प्रदेशको ओरैयाका बासिन्दा थिए।

दमकल विभागका अनुसार, दुर्घटना सोमवार राति लगभग 2:22 बजी कड़कड़डूमा कोर्टस्थित एजीसीआर एन्क्लेव नजिकै भएको थियो। यहाँ राति अबेर एउटा बस्तीमा आगलागी भयो। जानकारी पाउने बित्तिकै स्थानीय पुलिस र दुईवटा दमकल गाडी घटनास्थलमा पुगेका थिए। दमकलकर्मीहरूले आधा घण्टाभित्र आगो नियन्त्रणमा ल्याए। आगो निभाएपछि खोजी कार्य गर्दा बस्तीभित्रबाट तीनवटा जलेको शव फेला परेको थियो। हाल पुलिसले आगलागीको कारणको पत्तो लगाउन जॉंच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande