अमेरिकी राष्ट्रिय गोप्य निदेशक तुलसी गबार्डले भारतको दौड़ाह गर्ने- इण्डो-पेसिफिक दौड़ाहमा प्रस्थान
तुलसी


नयाँ दिल्ली, 11 मार्च (हि.स.)। अमेरिकी नेशनल इन्टेलिजेन्स डायरेक्टर (डीएनआई) तुलसी गबार्ड हिन्द-प्रशान्त क्षेत्रको 'बहु-राष्ट्रीय' यात्रा अऩ्तर्गत जापान, थाईल्याण्डको साथ भारतको यात्रा गर्नेछिन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति एवं स्वतन्त्रताको उद्देश्यलाई प्राप्त गर्न मजबुत सम्बन्ध बनाउन र संचारको मार्ग खोल्ने मनसायले गबार्डले यो यात्रा गरिरहेकी छन्।

गबार्डले सोशल मीडिया प्लेटफार्म ‘एक्स’ मा यो जानकारी साझा गर्दै लेखेकी छन्- म हिन्द-प्रशान्तको बहु-राष्ट्रिय यात्रामा छु, एक यस्तो क्षेत्र जसलाई म धेरै राम्ररी चिन्छु किनभने म प्रशान्त क्षेत्रमा हुर्केकी हुँ। म जापान, थाईल्याण्ड र भारतको यात्रा गर्नेछु। अमेरिका फर्केको समय फ्रान्समा केही समयको निम्ति रोकिनेछु।

ट्रम्प प्रशासनको दोस्रो कार्यकालमा राष्ट्रिय गोप्य निदेशकको रूपमा कार्यभार सम्हालेपछि यो गबार्डको भारतको पहिलो यात्रा हुनेछ।

उल्लेख्य, फरवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ द्विपक्षीय बैठकको निम्ति अमेरिकाको यात्रामा गएका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीलाई गबार्डले भेटेकी थिइन्। उनी 12 फरवरीमा राष्ट्रपतिको अतिथि गृह ब्लेयर हाउसमा मोदीलाई भेट्ने प्रथम अमेरिकी अधिकारी थिइन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande