अर्पणा आचार्यले गरिन् समर्थनको निम्ति अनुरोध
अर्पणा आचार्यले गरिन् समर्थनको निम्ति अनुरोध


गान्तोक, 29 मार्च (हि.स.)। पाकिम निवासी अर्पणा आचार्य नेपालको प्रसिद्ध गायन रियालिटी शो 'द भोइस अफ् नेपाल सिजन 6' को भोटिङ राउण्डमा प्रवेश गर्न सफल बनेकी छन्। आज शनिवारदेखि भोटिङ राउण्ड शुरू भइरहेको छ भने सुश्री आचार्यले समर्थनको निम्ति अनुरोध गरेकी छन्।

राजधानीको प्रेस क्लबमा आज आयोजित एक पत्रकार सम्मेलनमा सुश्री आचार्यले यस गायन प्रतियोगिता अहिलेसम्म आफ्नो बलबुतामा ब्लाइन्ड अडिशन राउण्ड र ब्याटल राउण्ड पार गरेर भोटिङ राउण्डसम्म आइपुगेको बताइन्। उनले अब अगाडिका चरणहरूमा प्रवेशको निम्ति दर्शकहरूको महत्वपूर्ण भूमिका हुनाले भोटिङको निम्ति अनुरोध गरिन्।

उनले खल्ती एप र यसको वेबसाइटको माध्यमद्वारा भोट गर्न सकिने, तर कतिपय प्राविधिक समस्याहरूका कारण भो​ट गर्न वाधा उत्पन्न हुने गरेको अवगत गराइन्। यस कारण आफूले एउटा क्यूआर कोड सेयर गर्दै उक्त क्यूआर कोड माध्यम यथासम्भव सहयोग गरिदिन उनले अनुरोध गरिन्। उनले राज्यका मुख्यमन्त्रीले पनि पूर्ण समर्थन गर्ने आश्वासन दिएको बताउॅंदै मुख्यमन्त्रीप्रति आभार प्रकट गरिन्।

यसैगरी, अर्पणाकी पिता रमेश आचार्य, संगीत प्रशिक्षक डा. मनोज राई र बूम छिरिङ योञ्जनले पनि अर्पणालाई यस गायन प्रतियोगिताको विजेता बनाउन सहयोगको निम्ति आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande