नयाँ दिल्ली, 29 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा केन्द्रिय मन्त्रीमण्डलद्वारा 01.01.2025 देखि केन्द्र सरकारका कर्मचारीहरूका लागि महँगाई भत्ता (डीए) तथा पेन्सनधारीका लागि महँगाई राहतको (डीआर) अतिरिक्त किस्ती जारी गर्न स्वीकृति दिइएको छ। महँगाईको भरपाई गर्नका लागि यो मूल वेतन/ पेन्सनको 53 प्रतिशतको वर्तमान दरमा 2 प्रतिशतको वृद्धि हो।
महँगाई भत्ता अनि महँगाई राहत दुवैमा वृद्धिका कारण राजकोषमा प्रति वर्ष ₹6614.04 करोडको संयुक्त प्रभाव पर्नेछ। यसबाट करिब 48.66 लाख केन्द्र सरकारका कर्मचारी अनि 66.55 लाख पेन्सनभोगी लाभान्वित हुनेछन्।
यो वृद्धि सातौं केन्द्रिय वेतन आयोगको सिफारिसमा आधारित स्वीकृत फर्मुला अनुसार रहेको पीआईबीले विज्ञप्तिमा जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल