कोलकाता, 29 मार्च (हि.स.)। पश्चिम बंगाल भाजपाका महासचिव जगन्नाथ चटर्जीले शनिवार दाबी गरे कि यदि 2026 को विधानसभा चुनाउमा तृणमूल कांग्रेसले जित्यो भने बंगालाई ‘पश्चिम बांग्लादेश’ बन्नदेखि रोक्नु कठिन हुनेछ।
भाजपा नेता मिथुन चक्रवर्तीको हालको बयानको समर्थन गर्दै चटर्जीले भने, चक्रवर्तीले पार्टीको नीतिहरूलाई नै दोहोराएका छन्। भाजपाले पश्चिम बंगालमा हिन्दूहरूलाई एकजुट गर्न लगातार काम गरिरहेको छ। राज्यका सीमा बांग्लादेशसित लाग्दछ र दिनहुँ त्यहाँबाट अवैध घुसपैठ भइरहेको छ। रोहिंग्या पनि अवैध रूपमा राज्यमा पसिरहेका छन् र राज्य सरकारले उनीहरूलाई संरक्षण दिइरहेको छ।
उनीहरूलाई भारतीय दस्तावेज दिइँदैछ। तृणमूल एक संगठित योजना अन्तर्गत राज्यको जनसांख्यिकी बदली गर्नमा जुटेको छ। 2026 को चुनाउमा हिन्दू मतदाताहरूले एकजुट भएर तृणमूललाई सत्तादेखि बाहिर गर्नुपर्नेछ अन्यथा पश्चिम बांग्लादेश बन्नदेखि रोक्नु असम्भव हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी