नयाँ दिल्ली, 29 मार्च (हि.स.)। अमेरिकी उद्योगपति एलन मस्कले आफ्नो सोशल मीडिया प्लेटफर्म एक्स (X)- लाई आफ्नै आर्टिफिशियल इन्टेलिजेन्स (एआई) कम्पनी-एक्सएआईलाई 33 अरब डलर (लगभग 2.82 लाख करोड़ रुपियाँ)-मा बेचिदिए। यो सौदा एक अल-स्टक अऩ्तर्गत भएको हो जसको अर्थ हो यसमा नगदको सट्टा शेयरहरूको लेन-देन भएको छ।
एलन मस्कले शनिवार ‘एक्स’-मा भने, यो कदमले एक्सएआईको उन्नत एआई क्षमता तथा विशेषज्ञतालाई एक्सको व्यापक पहुँचसित जोड़ेर अपार सम्भावनाहरूलाई खोल्नेछ। उनले भने, एक्सएआई र एक्सको भविष्य आपस्तमा जोड़िएको छ। त्यसैले आज हामीले आधिकारिक रूपमा डेटा, मडल, कम्प्यूटिंग, वितरण औ प्रतिभालाई एकसाथ ल्याउने दिशामा कदम बढ़ाइरहेका छौं। यस सौदामा एक्सएआईको मूल्य 80 अरब डलर अनि एक्सको 33 बिलियन डलर रहेको छ। यो सौदा एक अल-स्टक अन्तर्गत भएको हो। वास्तवमा दुवै कम्पनी निजी स्वामित्ववाला कम्पनी हुन् जसको अर्थ हो कि उनीहरूलाई आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने आवश्यकतै छैन।
उल्लेखनीय छ, एलन मस्क जो टेस्ला औ स्पेसएक्सका मुख्य कार्यपालक अधिकारीसँगसँगै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारको रूपमा कार्यरत छन्,-ले वर्ष 2022-मा सोशल मीडिया प्लेटफर्म ट्विटरलाई 44 बिलियन डलरमा खरिद गरेका थिए। त्यसपछि एलन मस्कले यसका कर्मचारीहरूलाई हटाइदिए अनि अभद्र भाषा, गलत सूचना एवं उपयोगकर्ता सत्यापनमा यसका नीतिहरूमा परिवर्तन गरी यसको नाम पनि ट्विटरदेखि एक्स बनाइदिेए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा