गान्तोक, 29 मार्च (हि.स.)। भारतीय रिजर्भ ब्याङ्क (आरबीआई) ले 27 मार्च, 2025 मा 17औँ माउन्टेन डिभिजनका सैन्य कर्मीहरूका लागि निवेचशक जागरूकता तथा ग्राहक शिकायत निवारण संयन्त्र सम्बन्धी एक कार्यक्रम आयोजना गऱ्यो। यस सत्रमा कुल 100 सैन्य अधिकारीहरूले भाग लिए। उक्त जानकारी पीआईबीले आज विज्ञप्तिमा दिएको छ।
कार्यक्रमको उद्देश्य वित्तीय जागरूकता बढाउनु र सहभागीहरूलाई ब्याङ्किङ सेवाहरूको बारेमा आवश्यक ज्ञान प्रदान गर्नु थियो। आरबीआईका महाप्रबन्धक गोदा रविशङ्करको स्वागत सम्बोधनबाट कार्यक्रम शुरु भयो, जसले बकाया राशिको निर्बाध निपटानलाई सुनिश्चित गर्नका लागि ब्याङ्क खाताधारकहरूको जमा र लकर सुविधाहरूको लागि लाभार्थीहरूलाई नामित गर्ने आवश्यकतामाथि प्रकाश पारे। उनले ब्याङ्किङ कानूनमा हालै गरिएका परिवर्तनलाई पनि औँल्याए, जसले एकै साथ 4 जना लाभार्थीलाई नामित गर्नमा सक्षम बनाउँछ। यस अतिरिक्त, उनले वित्तीय समावेशीकरण र वित्तीय जागरूकतालाई अगाडि बढाउनमा आरबीआईले गरेका प्रयासहरूलाई रेखाङ्कित गरे।
आरबीआई गान्तोकका क्षेत्रीय निर्देशक थोटनगाम जामाङले आफ्नो मुख्य भाषणमा ब्याङ्किङ सेवालाई बुझ्ने, डिजिटल धोकाधड़ी विरुद्ध सुरक्षा उपायहरूलाई जान्ने अनि विनियमित वित्तीय संस्थानहरू विरुद्ध शिकायतका लागि कहाँ दानुपर्ने भन्ने कुराको महत्त्वलाई जोड दिए। उनले जोड दिँदै भने, यस्ता कार्यक्रमहरूको प्राथमिक उद्देश्य ग्राहकहरूको वित्तीय अधिकारको रक्षा गर्न विद्यमान डिजिटल धोकाधड़ी रोकथाम र ग्राहक शिकायत निवारण संयन्त्रहरूको बारेमा जनतालाई शिक्षित गर्नु हो।
कार्यक्रममा आरबीआईका डीजीएम प्रवीण सोरेङद्वारा निवेशका अवसर र क्रेडिट कार्डको जिम्मेवार प्रयोगको बारेमा सत्र आयोजित गरे। प्रबन्धक राहुल वर्मा र प्रबन्धक अदिति हलदारले डिजिटल धोकाधड़ीको तौर-तरिका र तिनको सुरक्षा उपाय, ग्राहक अधिकार, उधारकर्ताहरूको लागि उचित व्यवहार संहिता र अनधिकृत लेनदेन, विफल लेनदेन र ब्याङ्किङ संस्थाहरूसँगको विवादको लागि शिकायत निवारण संयन्त्रको बारेमा व्याख्या गरे।
एसबीआई र आईसीआईसीआई ब्याङ्कका क्षेत्रीय प्रबन्धकहरूसँग आरबीआईका अधिकारीहरूले सेनाका जवानहरूले सामना गर्ने सामान्य ब्याङ्किङ सम्बन्धित मुद्दाहरूसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिए तथा शिक्षणलाई सुदृढ पार्नका लागि एक प्रश्नोत्तरी आयोजित गरे। सेनाका जवानहरूले आरबीआईद्वारा प्रदान गरिएको मूल्यवान वित्तीय अन्तर्दृष्टिको लागि इमानदारीपूर्वक हार्दिक प्रशंसा व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल