-एनआईएले मागेको थियो 20 दिनको कस्टडीनयॉं दिल्ली, 11 अप्रेल (हि.स.)। मुम्बई हमलाका मास्टरमाइन्ड तहव्वुर हुसैन राणालाई बिहिवार अबेर सॉंझ भारत पुग्ने बित्तिकै उनीविरुद्ध कानूनी कारबाही शुरू गरिएको छ। नेशनल इन्वेस्टिगेशन एजेन्सी (एनआईए) ले उसलाई पालम एयरपोर्टबाट सोझै पटियाला हाउस कोर्टमा पेश गऱ्यो। अबेर रातिसम्म चलेको सुनवाईपछि कोर्टले तहव्वुर राणालाई 18 दिनको कस्टडीमा पठाएको छ, जबकि जॉंच एजेन्सी एनआईएले 20 दिनको रिमाण्ड मागेको थियो।
कोर्टबाट 18 दिनको रिमान्ड पाएपछि राणालाई एनआईए मुख्यालय लगियो, जसको लागि पटियाला हाउस कोर्टबाट एनआईए मुख्यालय जाने बाटो रोकेर कडा सुरक्षा व्यवस्था मिलाइएको छ। आज रातिको विश्रामपछि एनआईएले शुक्रवार बिहानदेखि राणासँग सोधपुछ शुरू गर्नेछ।
यसअघि, बिहिवार अबेर साँझ एनआईए टोली आतङ्कवादी तहव्वुर हुसेन राणालाई लिएर दिल्लीको पालम विमानस्थलमा अवतरण गरेको थियो। जहाँबाट एनआईए टोलीले उनलाई कडा सुरक्षाबीच मध्यरातमा पटियाला हाउस कोर्टमा ल्याएको थियो। राणालाई विशेष एनआईए न्यायाधीश चन्द्रजित सिंहको कोर्टमा पेश गरियो। यस समयमा तहव्वुर राणाको प्रतिनिधित्व कानूनी सेवा प्राधिकरणले उपलब्ध गराएको उनका वकिल पियुष सचदेवाले कोर्टमा गरेका थिए। एनआईएको तर्फबाट गृह मन्त्रालयद्वारा नियुक्त वकिल दयानन कृष्णनले अदालतमा तर्क प्रस्तुत गरेका थिए।
उल्लेखनीय छ, 26 नोभेम्बर, 2008 को राति 10 जना आतङ्ककारीहरूले मुम्बईका धेरै ठाउँमा एकैसाथ आक्रमण गरेका थिए। यी आक्रमणहरू दक्षिण मुम्बईमा छत्रपति शिवाजी महाराज टर्मिनस, ओबेरोय ट्राइडेन्ट, ताजमहल प्यालेस र टावर होटल, लियोपोल्ड क्याफे, कामा अस्पताल, नरिमन हाउस (यहूदी केन्द्र), मेट्रो सिनेमा र टाइम्स अफ इन्डिया भवन र सेन्ट जेभियर कलेजमा भएका थिए।
यसबाहेक, मुम्बईको बन्दरगाह क्षेत्र माझगाउँ र विले पार्लेको एउटा ट्याक्सीमा विस्फोटहरू भयो। आतङ्ककारीहरूले मुम्बईलाई दुई दिनसम्म घेराबन्दीमा राखे र 28 नोभेम्बरमा भारतीय सुरक्षा बलले नौ आतङ्कवादीहरूलाई मारे। एक आतङ्कवादी अजमल कसाबलाई जिउँदै पक्राउ गरियो र पछि मृत्युदण्डको सजाय सुनाइयो।
हिन्दुस्थान समाचार / भवानी थामी