किश्तवाड़, 12 अप्रेल (हि.स.)। जम्मू-कश्मीरको किश्तवाड़ जिल्लाको छत्रू वन क्षेत्रमा शुक्रवारदेखि चलिरहेको भिडन्तमा थप दुई अज्ञात अताङ्कवादी मारिएका छन्। मृतकहरूको संख्या बढेर तीन पुगेको छ।
एक शिर्ष अधिकारीले भने, अपरेशनमा अहिलेसम्म थप दुई आतङ्कवादी मारिएका छन्। क्षेत्रमा अपरेशन जारी छ।
उल्लेख्य, 9 अप्रेलमा छत्रूको जङ्गलमा सुरक्षा बलहरू र आतङ्कवादीहरूबीच गोलीबारी भएको थियो। सुरक्षा बलहरूले संदिग्ध गतिविधि देखेपछि मोर्चा सम्हालेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी