बीरभूम, 15 अप्रेल (हि.स.)। बंगला नववर्षको शुरुआत मंगलवारदेखि भएको छ। यस अवसरमा धार्मिक स्थलहरूमा श्रद्धालुहरूको भीड़ देखियो। वर्षको पहिलो दिन कोलकाताको दक्षिणेश्वर एवं कालीघाट काली मन्दिर बाहेक बीरभूम जिल्लाको प्रसिद्ध शक्तिपीठ, तारापीठ तथा क्कालीतलामा श्रद्धालुहरूको भीड़ बिहानदेखिकै उर्लिएको थियो। जनसाधारणदेखि लिएर व्यवसायीहरू समेत आफ्नो पुस्तक लिेर माण ताराको पूजा-अर्चना गर्न आए। पूजा गरेर उनीहरूले नयाँ खाता खोले।
सूत्र अनुसार बंगला नववर्षको अवसरमा तारापीठ मन्दिर परिसर एवं कंकालीतलामा तिर्थ यात्रीहरूको भीड़लाई नियन्त्रण गर्नको लागि मन्दिर समिति तथा स्थानीय प्रशासनद्वारा विशेष सुरक्षा उपाय गरिएको छ। व्यवस्थालाई कायम राख्नको लागि अतिरिक्त सुरक्षाकर्मी अनि पुलिस बलहरूलाई तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा