ईडीले गुरूग्राम जमीनसित जोड़िएको मामिलामा कारोबारी रबर्ट वाड्रासित गऱ्यो सोधपुछ
ईडीले गुरूग्राम जमीनसित जोड़िएको मामिलामा कारोबारी रबर्ट वाड्रासित गऱ्यो सोधपुछ


नयाँ दिल्ली, 15 अप्रेल (हि.स.)। प्रवर्तन निदेशालयले मंगलवार कारोबारी रबर्ट वाड्रासित हरियाणाको गुरूग्राम स्थित भूमि डीलसित जोड़िएको मनी लन्ड्रिङ मामिलामा सोधपुछ गऱ्यो। यद्यपि, वाड्राले एजेन्सीको नोटिसलाई राजनीतिक प्रतिशोध ठहर गरे।

आधिकारिक सूत्रहरू अनुसार, प्रवर्तन निदेशालयले हरियाणाको गुरूग्रामको शिकोहपुर गाउँको जमीनसित सम्बन्धित मनी लन्ड्रिङ मामिलाको जाँचको क्रममा वरिष्ठ कांग्रेस नेता प्रियंका गान्धी वाड्राका पति रबर्ट वाड्रालाई नोटिस पठाएर आज सोधपुछको निम्ति बोलाएको थियो। यो मामिला रबर्ट वाड्राको कम्पनीको गुरूग्राममा जमीन खरीदसित जोड़िएको छ। जाँचको क्रममा नयाँ नोटिस पाइएपछि रबर्ट वाड्रा आज बिहान केन्द्रिय जाँच एजेन्सी समक्ष पेश हुनका लागि ईडी कार्यालय दुई किलोमीटर पैदल गए।

केन्द्रिय जाँच एजेन्सीको सोधपुछ अगाड़ी उनले मीडियासित कुराकानीमा ईडीको नोटिसलाई राजनीतिक प्रतिशोध ठहर गरे। उनले भने, सोधपुछमा पहिलेपनि ईडीको साथ घण्टौं बिताएको छु, हजारौं पेजको जवाफ साझा गरेको छु तरैपनि केन्द्रिय जाँच एजेन्सीले म विरूद्ध मामिला उठाइरहेको छ। यदि मैले देशका मुद्दाहरूमा बोले, सरकारका नीतिहरूको आलोचना गरे या फेरि राजनीतिमा आउने कुरा गरे, मलाई रोक्न पुराना फाइलहरू निकालिन्छ। म डराउने छुइन। जनता मेरो साथ छ।

यस अगाड़ीपनि ईडीले रबर्ट वाड्रालाई हरियाणाको शिकोहपुर भूमि डीलसित सम्बन्धित मनी लन्ड्रिङ जाँचको क्रममा 8 अप्रेलमा नोटिस पठाएको थियो। वाड्रा पहिलो नोटिसमा हाजिर भएका थिएनन्। उनलाई पुनः सोधपुछको निम्ति ईडी समक्ष बोलाइयो किनभने जाँच एजेन्सीले उनको फर्म स्काईलाइट होस्पिटेलिटीसित सम्बन्धित कथित वित्तीय अनियमितताहरूको जाँच गरिरहेको छ। यस अगाड़ी संघीय जाँच एजेन्सीले एक अन्य धन शोधन मामिलामा उनीसित सोधपुछ गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande