खरसाङ विश्वकर्म समाजद्वारा अम्बेडकर जयन्ती पालन
खरसाङ विश्वकर्म समाजद्वारा अम्बेडकर जयन्ती पालन


खरसाङ, 15 अप्रेल (हि.स.)। खरसाङ विश्वकर्म समाजद्वारा भारतीय संविधानका जनक तथा भारतरत्न डा. भीमराव अम्बेडकरको 134औँ जन्म जयन्ती निर्मलकुमार गहतराजको अध्यक्षता एवम् शास्त्रीय सङ्गीतका ज्ञाता गुरूजी गोविन्दसिंह घतानीको प्रमुख आतिथ्यमा समाजको निजी भवनमा सम्पन्न भयो। यस अवसरमा पञ्चबत्ती उच्चत्तर माध्यमिक विद्यालय, शेल्पुका पूर्व प्रधान अध्यापक केएम सिलाल विशिष्ट अतिथि थिए।

सन् 1925 मा खरसाङ विश्वकर्म समाजले सन् 2005 देखि निरन्तर रूपमा बाबासाहेब अम्बेडकरको जन्म जयन्ती पालन गर्दै आइरहेको सचिव केशवसिंह घतानीले बताए। प्रमुख अतिथि गोविन्दसिंह घतानीले हाम्रो समाजलाई आजको स्थितिमा ल्याउन बाबासाहेबको भूमिका र योगदानलाई कहिले भुल्न नसक्ने बताए। उनले अम्बेडकर एक युग पुरुष हुन् भनी बताए।

अध्यक्ष निर्मलकुमार गहतराजले आफ्नो सम्बोधनमा खरसाङ विश्वकर्म समाजले यस वर्ष एक सय वर्षको गरिमामय खुड्किलो पार गरिरहेको बताउॅंदै यसलाई भव्य र ऐतिहासिक बनाउन सबैले बाबासाहेबको गुरुमन्त्रलाई ह्रदयबाट अङ्गीकार गर्नुपर्ने सुझाउ राखे। समाजले यस ऐतिहासिक घटनालाई अर्थपूर्ण बनाउन वर्षव्यापी रूपमा कार्यक्रमहरू आयोजन गर्दै आइरहेको उनले अवगत गराए। उनले आगामी नोभेम्बर महिनाको अन्तिम हप्तामा आयोजित गरिने दुई दिवसीय समापन कार्यक्रमको निम्ति सबैलाई अघि आउन अपील गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande