नयाँ दिल्ली, 15 अप्रेल (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मंगलवार दिल्लीका कतिपय निजी स्कूलहरूद्वारा कथित रूपमा गरिएको फिस वृद्धिलाई लिएर प्रतिक्रिया व्यक्त गरेकी छन्। उनले भनिन्, सरकारले यस्ता स्कूलहरूको विरोधमा कारबाही गर्नेछ।
रेखा गुप्ताले आज आफ्नो आवासमा जनसंवाद कार्यक्रम अवधि क्वीन म्यारी स्कूल, मोडल टाउनसित सम्बन्धित एक मामिलामा संज्ञान लिइन्। पछि पत्रकारहरूसित बातचित गर्दै रेखा गुप्ताले भनिन्, दिल्ली सरकार शिक्षाको क्षेत्रमा पारदर्शिता, समान अवसर तथा बाल-बालिकाहरूको अधिकारको रक्षाप्रति पूर्णतः प्रतिबद्ध छ। उनले भनिन्, जुन स्कूलहरूविरूद्ध अभिभावकहरूले असामान्य रूपमा फिस बढ़ाएको सिकायत गरेका छन्, उनीहरूविरूद्ध कारबाही गरिनेछ। उनले भनिन्, फिस बढ़ाउनको लागि नियम-कानून छ जसको पालन गरिनुपर्छ। नियम-कानून पालन नगर्ने स्कूलहरूलाई नोटिस जारी गरिनेछ।
गुप्ताले भनिन्, आज जनसंवाद कार्यक्रममा क्वीन म्यारी स्कूल, मोडल टाउनसित सम्बन्धित एउटा मामिसा प्रकाशमा आएको छ जसमा अभिभावकले गलत ढंगमा फिस असुली तथा नानीहरूलाई स्कूलदेखि निकालिएको सिकायत दर्ता गरेका छन्। यस विषयमा तत्काल संज्ञान लिँदै सम्बन्धित अधिकारीहरूलाई तत्काल जाँच गरी कड़ा तथा आवश्यक कारबाही गर्ने निर्देश दिइएको छ। अभिभावकहरूले आफ्नो सिकायत लिएर भेटिरहेका छन्। कुनै पनि स्कूललाई माता-पिता तथा नानीहरूलाई सताउने कुनै अधिकार छैैन। उनीहरूलाई धम्काउने वा असामान्य रूपमा फिस बढ़ाउने कुनै अधिकार छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा