बार्सिलोना, 18 अप्रेल (हि.स.)। स्पेनिश स्टार कार्लोस अल्कराजले उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोना ओपनको क्वार्टरफाइनलमा स्थान सुनिश्चित गरेका छन्। बिहिवार खेलिएको खेलमा उनले सर्बियाका लासलो जिरेलाई 6-2, 6-4 ले हराए।
वर्ल्ड नम्बर 2 अल्कराजले उत्कृष्ट शुरुवात गर्दै पहिलो सेटमा जिरेलाई कुनै मौका दिएनन्। उनले दुवै ब्रेक पोइन्ट बचाउॅंदै पहिलो सेट 6-2 ले आफ्नो नाम गरे। यस सेटमा जिरेले एउटै पनि विनर लगाउन सकेनन् भने अल्कराजले 8 विनर लगाए।
दोस्रो सेटमा जिरेले आफ्नो खेलमा परिवर्तन गर्ने प्रयास गरे र 4-2 को बढत बनाए। तर, यसपछि अल्कराज पुन: आफ्नो लयमा फर्किन्दै लगातार चार गेम आफ्नो नाम गरे र सेटका साथै खेल पनि जिते।
अब क्वार्टरफाइनलमा अल्कराजको भिडन्त वर्ल्ड नम्बर 7 एलेक्स डी मिनाउर या ब्रिटेनको ज्याकब फर्नले मध्ये कुनै एकसॅंग हुनेछ। यो स्पर्धा शुक्रवार खेलिने छ।
हिन्दुस्थान समाचार / भवानी थामी