अमेरिकामा दिएको राहुल गान्धीको बयानमा भाजपाको प्रतिक्रिया- विदेशी धरतीमा गर्छन् देशको अपमान
अमेरिकामा दिएको राहुल गान्धीको बयानमा भाजपाको प्रतिक्रिया- विदेशी धरतीमा गर्छन् देशको अपमान


नयाँ दिल्ली, 21 अप्रेल (हि.स.)। कांग्रेस नेता एवं लोकसभामा विपक्षका नेता राहुल गान्धीले अमेरिका यात्रामा बोस्टन यूनिवर्सिटीमा भारतीय चुनाउ आय़ोगमाथि आरोप लगाउँदै समझौता गर्ने बताएका छन्। राहुल गान्धीको यस बयानमा भारतीय जनता पार्टी (भाजपा) ले तीखो हमला गर्दै यसलाई विदेशी धरतीमा देशको अपमान ठहर गरेको छ। भाजपा नेता सम्बित पात्राले भनेका छन्, राहुल गान्धीले विदेशी धरतीमा गएर त्यही गरिरहेका छन्, जुन उनले दशकौंदेखि गर्दै आइरहेका छन् अर्थात् भारतको बेइज्जती र भारतको अपमान। अमेरिकामा राहुल गान्धीले भारतको अपमान गरेका छन्।

सोमवार भाजपा मुख्यालयमा प्रेस वार्तामा सांसद सम्बित पात्राले भने, राहुल गान्धी यति हताश छन् कि आज उनी विदेशी भूमिमा गएर भारत र भारतको महान लोकतन्त्रलाई अपमानित गरिरहेका छन् र बदनाम गरिरहेका छन्। राहुलले अमेरिकामा गएर इलेक्शन कमीशनलाई समझौता गर्ने बताउँछन्। उनले भन्छऩ्, महाराष्ट्रको चुनाउमा जुन मतदान भयो, त्यो एक प्रकारले फर्जी थियो। महाराष्ट्रमा भाजपा र उसका सहयोगीहरूले जित्नेथिएनन् तर म राहुल गान्धीलाई सोध्न चाहन्छु कि त्यही समय झारखण्डमा पनि चुनाउ थियो, के तपाई र हेमन्त सोरेनले इलेक्शन कमीशनसित समझौता गरेका थिए ?

सम्बित पात्राले भने, आजदेखि कांग्रेसका सबै ठूला नेताहरूले देशका भिन्न-भिन्न भागहरूमा गएर आमा-छोरालाई बचाउन प्रेस कन्फ्रेन्स गर्नेछन्। ईडीले सोनिया र राहुललाई आफ्नो चार्जशीटमा नामांकित गरेको छ। यी दुवै विरूद्ध कोर्टमा जुन कारबाही भइरहेको छ, त्यसलाई लिएर कांग्रेसले देशभऱिमा एक अशान्त माहोल बनाउने प्रयास गरिरहेको छ।

उनले भने, राहुल गान्धी र देशवासीहरूलाई भन्न चाहन्छु कि जुन व्यक्ति (राहुल) र उसकी आमा (सोनिया) 50 हजार मुचलकामा जमानतमा बाहिर छन्, उनीहरूले विदेशी धरतीमा गएर हिन्दुस्तानलाई अपमानित गरिरहेका छऩ्। यदि उनीहरूलाई लाग्छ कि मानिसहरूले उनीहरूमाथि विश्वास गर्नेछन्, यो उनीहरूको भ्रम हो। 2018 मा आमा-छोराले नेशनल हेराल्ड केसमा 50 हजारको मुचलकामा जमानत पाएका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande