नयाँ दिल्ली, 09 अप्रेल (हि.स.)। भारतका डबल ओलम्पिक पदक विजेता, भाला फेंक एथलीट नीरज चोपड़ाले 2025 सीजनको शुरूआत कतरको राजधानी दोहामा 16 मईमा हुने डायमण्ड लीग मीटबाट गर्नेछऩ्।
टोक्यो ओलम्पिकमा गोल्ड र फेरि 2024 पेरिस ओलम्पिकमा सिल्वर पदक जित्ने चोपड़ाले भने, उनले एक पल्ट फेरि दोहामा विश्वको सबैभन्दा जोशिलो एथलेटिक्स दर्शकहरू सामू प्रदर्शन गर्न प्रतिक्षा गरिरहेका छन्।
चोपड़ाले 2023 मा कतर स्पोर्ट्स क्लबमा 88.67 मीटरको विश्व रेकर्डको साथ जित हासिल गरेका थिए। आफ्नो तेस्रो दोहा दौड़ाह अगाड़ी उनले कतरमा भारतीय प्रशंसकहरूबाट प्राप्त भरपूर समर्थनको उल्लेख गरे औं भने, म सदैव कतरमा भारतीयहरूबाट प्राप्त हुने प्रशंसाले अभिभूत हुन्छु र यसको निम्ति शब्दहरूको कमी महसूस हुन्छ।
27 वर्षीय चोपड़ा, जसका कोच अब चेक गणराज्यका विश्व रेकर्डधारी एवं ओलम्पिक एवं विश्व च्याम्पियन जन जेलेजनी हुन्, उनले भारतीय एथलेटिक्सलाई नयाँ शिखरहरूसम्म पुऱ्याएका छन्। उनी ओलम्पिक गोल्ड र विश्व च्याम्पियनशिप गोल्ड जित्ने पहिलो भारतीय ट्र्याक र फील्ड एथलीट बने। यसका साथै उनले डायमण्ड लीग मीट जित्ने र डायमन्ड लीग टाइटल जित्ने पहिलो भारतीयको गौरव पनि प्राप्त गरे।
हिन्दुस्थान समाचार / भवानी थामी