भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न


खरसाङ, 01 जून (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा आज घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय सदस्य रबीन सुब्बाको अध्यक्षतामा सम्पन्न भयो।

भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले पार्टीको सांगठनिक गतिविधि र भावी कार्यक्रमहरु विषयमा बोल्दै समष्टिकाे सांगठनिक सभा लगातार रुपमा हुनुपर्ने बताए। उनले समष्टिकाे हरेक बुथहरुमा शाखा कमिटी र प्रशाखा कमिटीहरु गठन गरिनु पर्ने बताए। उनले तीनधारे महानदी समष्टिको पर्यवेक्षक सभासद प्रणाम रसाइली केही दिनपछि समष्टिकाे प्रत्येक शाखा प्रशाखातिर भ्रमण गर्ने भएकाले‌ सबैले आफ्नो समय दिनु पर्ने पनि बताए।

सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रिय समितिको कानुनी सल्लाहकार शेखरचन्द्र प्रधानले आफ्नो वक्तव्यमा समष्टिकाे सांगठनिक सभा एकै ठाउँमा‌ मात्र नराखेर सबैतरि पालै पालो राख्नु पर्ने सुझाउ राखे। उनले संगठनलाई अघि बढाउन ठोस पहल गर्नुपर्ने बताउँदै पार्टी एकदम सिस्टममा चल्नु पर्ने र पार्टीमा सिस्टम छ भने मात्रै संगठन राम्रो भएर जाने बताए।

सभालाई पञ्चायत समिति सदस्य दावा वाङ्दी लामा, घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा र सभाध्यक्ष रबीन सुब्बा आदिले पनि सम्बोधन गरेका थिए। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको पर्यवेक्षक सभासद प्रणाम रसाइलीको शाखा प्रशाखा‌ पसौं अभियान विषयमा चर्चा परिचर्चा गरियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande