केन्द्रिय मन्त्री मनसुख मान्डवियालाई प्रधानमन्त्री समेत अन्य नेताहरूले दिए जन्मदिनको शुभकामना
मन


नयाँ दिल्ली, 01 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी समेत धेरै नेताहरूले आइतवार भाजपाका वरिष्ठ नेता एवं केन्द्रिय युवा मामिला एवं खेल मन्त्री डा. मनसुख मान्डवियालाई जन्मदिनको बधाई एवं शुभकामना दिएका छन्।

प्रधानमन्त्री मोदीले सोशल मीडिया प्लेटफार्म एक्समा पोस्टमा लेखेका छन्, डा. मनसुख मान्डवियालाई उनको जन्मदिनमा हार्दिक शुभकामना। भारतलाई खेल जगतमा महाशक्ति बनाउने र हाम्रा युवाहरूलाई सशक्त बनाउने दिशामा उनले पूरा उर्जाको साथ काम गरिरहेका छन्। हाम्रो श्रमिकहरूको कल्याणको निम्ति उनको प्रयास पनि उतिकै सराहनीय छ, जसले आत्मनिर्भर भारतको निर्माणमा अहम भूमिका निभाउँछ। ईश्वरले उनलाई दीर्घायु र स्वस्थ जीवन प्रदान गरुन्।

प्रधानमन्त्री मोदीबाट पाएको शुभकामनामा केन्द्रिय मन्त्री मान्डवियाले भने, प्रधानमन्त्री मोदी तपाईको हार्दिक शुभकामना र आशीर्वादको निम्ति धन्यवाद। तपाईको निरन्तर मार्गदर्शनको निम्ति म तपाईको आभारी छु। हरेक दिन कड़ा मेहिनत गर्ने र देशको विकास र कल्याणमा योगदान दिनका लागि तपाई हाम्रो प्रेरणा श्रोत रहेका छन्।

केन्द्रिय गृहमन्त्री अमित शाहले शुभकामना दिँदै एक्स पोस्टमा लेखेका छन्, केन्द्रिय मन्त्री डा. मनसुख मान्डवियालाई जन्मदिनको हार्दिक शुभकामना। मोदीको श्रमिकहरूको सशक्तिकरण र खेलहरूलाई विश्वस्तरीय सुविधा सम्पन्न बनाउँदै प्रोत्साहन दिने दिशामा तपाईले सराहनीय कार्य गरिरहेका छन्। ईश्वरसित तपाईको उत्तम स्वास्थ्य र सुदीर्घ जीवनको कामना गर्दछु।

डा. मनसुख मान्डवियाको जन्म 01 जून 1972 मा गुजरातको भावनगर जिल्लाको हनोल गाउँमा भएको थियो। आज उनी 53 वर्षका भएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande