गोजमुमो रेलिङ कैंजले समष्टिका पूर्व संयोजक सञ्जय कार्की भागोप्रमोमा सामेल
गोजमुमो रेलिङ कैंजले समष्टिका पूर्व संयोजक सञ्जय कार्की भागोप्रमोमा सामेल


दार्जिलिङ, 01 जून (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा रेलिङ कैंजले समष्टिका पूर्व संयोजक सञ्जय कार्की भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। उनले आज जीटीएको कार्यकारी सभासद सतीश पोख्रेलको बाहुलीबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झण्डा ग्रहण गरेका छन्।‌

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि गोजमुमोको पूर्व संयोजक सञ्जय कार्कीले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, 'आज मैले गोजमुमोको साधारण सदस्यबाट पनि राजीनामा दिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको छु‌।‌ तर म पैसा थापेर आएको किनभने मलाई पैसाको अभाव छैन। म भूतपूर्व सैनिक हुँ। त्यसैले सामाजिक सञ्जालमा पैसा थापेर सामेल भएको नभनिदिने अनुरोध छ।'

उनले अघि भने, 'म केही समय बाहिर हुँदा यहाँको राजनीतिक समीकरण अर्कै भएछ र अहिले सत्तामा भएको पार्टीलाई सघाउँदा गाउँ ठाउँको‌ विकास हुने भएकोले‌ म पनि उहाँहरुलाई सघाउन सामेल भएको हो।‌ किनभने गाउँ ठाउँको विकास हुन आवश्यक छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande