मंगर संघ भारत खरसाङको वार्षिक साधारण सभा अनि नयाँ कमिटी गठन
मंगर संघ भारत खरसाङको वार्षिक साधारण सभा अनि नयाँ कमिटी गठन


मंगर जातिको हितमा सांगठनिक रुपमा एक भएर कार्य गर्नुपर्छ: सभासद रतन थापा

खरसाङ, 01 जून (हि.स.)। मंगर संघ भारत खरसाङ शहरिया समितिको वार्षिक साधारण सभा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा आईतबार सम्पन्न भयो। उक्त वार्षिक साधारण सभा खरसाङको अध्यक्ष राजेन्द्र प्रसाद थापाको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको कार्यकारी सभासद एवं मंगर संघ भारत केन्द्रिय समितिको संरक्षक रतन थापाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मंगर संघ भारतको केन्द्रिय अध्यक्ष कमल थापा, महासचिव शंकर राणा, उपाध्यक्ष आईडी थापा र सल्लाहकार अदिप थापा उपस्थित रहेका थिए‌‌।

कार्यक्रममा सभाध्यक्ष राजेन्द्र प्रसाद थापाले पुरानो कमिटी विघटन गरिएको घोषणा गरेपछि मंगर संघ भारतको केन्द्रिय अध्यक्ष कमल थापाको अध्यक्षतामा‌ मंगर संघ भारत खरसाङ शहरिया समितिको नयाँ कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति पुरण थापा, उप सभापति प्रताप थापा र बसन्त थापा, सचिव हेमन्तकुमार थापा, कार्यकारी सचिव सञ्जय थापा, सह सचिव आनन्द थापा र अमित थापा, कोषाध्यक्ष गोपाल थापा, सह कोषाध्यक्ष सुनिल थापा, प्रमुख सल्लाहकारमा सीबी आले, सल्लाहकारमा राजेन्द्र प्रसाद थापा लगायत 13 जनाको सल्लाहकारहरु चयन भएका छन्। त्यसरी नै 19 जना कार्यकारी सदस्य सदस्याहरु पनि चयन भएका छन्‌।

कार्यक्रममा प्रमुख अतिथि कार्यकारी सभासद एवं संरक्षक रतन थापाले आफ्नो सम्भाषणमा पुरानो कमिटीले‌ मंगर जातिको लागि धेरै काम गरेको बताउँदै उनीहरुले धेरै उदाहरणीय कार्य गरेको र सांगठनिक रुपमा दह्रिलो बनाएर लगेको पनि बताए। थापाले नयाँ कमिटीको पदाधिकारीहरु पनि सक्रिय र असल रहेको बताउँदै नयाँ कमिटीको पदाधिकारीहरुलाई बधाई र शुभकामना दिए। नयाँ पदाधिकारीहरुले पनि नयाँ जोश र जाँगरका साथ मंगर संघ भारतलाई अघि लैजान उनले शुभकामना दिए।

कार्यक्रममा पुरानो कमिटीको सभापति राजेन्द्र प्रसाद थापा, सचिव सीबी आले र कोषाध्यक्ष सुनिल थापालाई नयाँ कमिटीको तर्फबाट सम्मान जनाइयो। कार्यक्रममा रंगारंग सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande