विद्या भारती स्कूलकी छात्रा प्रियनजना शर्माको 'स्टोन पेन्टिङ' को प्रशंसा
विद्या भारती स्कूलकी छात्रा प्रियनजना शर्माको 'स्टोन पेन्टिङ' को प्रशंसा


गान्तोक, 01 जून (हि.स.)। सिक्किम डिजाइन कनेक्ट प्रोग्राम अन्तर्गत पाकिम जिल्लामा 30 र 31 मई, 2025 का दिन आयोजित एक विशेष कला प्रतियोगितामा माछोङ विद्या भारती स्कूलको कक्षा 4 की प्रतिभाशाली छात्रा प्रियनजना शर्माले स्टोन पेन्टिङमा आफ्नो रचनात्मकताको निम्ति अव्वल स्थान प्राप्त गरिन्। यस उपलब्धिका लागि छात्रालाई राज्य शिक्षा मन्त्री राजू बस्नेत एवं क्षेत्र विधायक पामिन लेप्चाद्वारा कार्यक्रममा सम्मानित गरियो।

यस प्रतियोगितामा अन्य स्कूलका विद्यार्थीहरूले पनि भाग लिएका थिए, जसमा माछोङ विद्या भारती स्कूलकी छात्राले आफ्नो अद्वितीय स्टोन पेन्टिङ कलाले सबैलाई प्रभावित गरिन्। शिक्षा मन्त्री बस्नेतले समारोहमा सबै छात्राहरूको प्रशंसा गर्दै हाम्रा युवाहरू हाम्रो सांस्कृतिक र रचनात्मक विरासतलाई अगाडि बढाउने माध्यम रहेको बताए। उनले प्रियनजना शर्माको स्टोन पेन्टिङ कला सिक्किमको प्रतीभाको उत्कृष्ट उदाहरण रहेको बताए।

क्षेत्र विधायक लेप्चाले पनि छात्रा प्रियनजनाको कार्यको सराहना गर्दै उनलाई प्रमाणपत्र र प्रोत्साहन पुरस्कारले सम्मानित गरिन्। विद्या भारती सिक्किम अधीनस्थ माछोङ सरस्वती विद्या निकेतनकी प्रधानाचार्य आरती ढकालले यस उपलब्धिमा गर्व व्यक्त गर्दै प्रियनजनाले आफ्नो रचनात्मकताले स्कूलको नाम उज्जवल बनाएको बताएकी छिन्। उनले सिक्किम डिजाइन कनेक्ट प्रोग्राम आयोजनको निम्ति पनि आभार व्यक्त गरिन्, जसले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शित गर्ने अवसर प्राप्त गरे।

विद्या भारती सिक्किमले पनि यस उपलब्धिका लागि छात्रा प्रियनजना शर्मा र सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक बधाई दिएको छ। शैक्षिक सत्र 2025 देखि सञ्चालित यस विद्यालयको प्रयास, शैक्षिक गुणवत्ता, समितिको अथक प्रयास, शिक्षकहरूको लगनशीलता सराहनीय रहेको विद्या भारती सिक्किमले बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande