गुवाहाटी, 11 जून (हि.स.)। राज्यमा औद्योगिक निवेशलाई प्रोत्साहन दिने उद्देश्यले “एडवान्टेज असम 2.0” अन्तर्गत साइन गरिएका केही महत्वपूर्ण औद्योगिक प्रस्तावहरूको समीक्षा आज उद्योग, वाणिज्य र सार्वजनिक उद्यम विभागका मन्त्री बिमल बोराको अध्यक्षतामा जनता भवनको कार्यालय कक्षमा गरियो।
यस महत्वपूर्ण बैठकमा समझौता ज्ञापन (एमओयू) मा हस्ताक्षर गर्ने औद्योगिक प्रतिष्ठानहरूको तकनीकी पक्ष, उत्पादकता, औद्योगिक स्थानको उपलब्धता, भूमि आवंटन, आधारभूत संरचना विकास, बिजुली आपूर्ति, राज्य सरकारद्वारा प्रदान गरिने सुविधाहरू, रोजगारको सम्भावनाहरू आधि विषयहरूमाथि विस्तारमा चर्चा गरियो।
यस अवसरमा उद्योग विभागका विशेष सचिव राकेश अग्रवाला, सचिव डा. लक्ष्मणन एस, इन्दिरा कलिता, आयुक्त एनाम चरण कुमार सिंह, असम औद्योगिक विकास निगमका प्रबन्ध निदेशक मानवेन्द्र प्रताप सिंह समेत विभागका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी