महेशतलामा दुई समुदायहरूमा झड़प, पुलिसमाथि ढुंगामुड़ा
महेशतलामा दुई समुदायहरूमा झड़प, पुलिसमाथि ढुंगामुड़ा


महेशतला, 11 जून (हि.स.)। महेशतलामा एक पल्ट फेरि दोकान लगाउनलाई लिएऱ दुई समुदायहरूबीच झड़प भयो। क्षेत्रमा धेरै घरहरूमा तोड़फोड़ गरियो। रवीन्द्रनगर थाना सामू एउटा बाइकमा आगो सल्काइयो। भीड़ले पुलिसमाथि ढुंगामुड़ा गऱ्यो। धेरै जना घाइते भए। स्थितिलाई नियन्त्रित गर्न ऱ्याफलाई तैनाथ गरियो।

बुधवार बिहान अकरा सन्तोषपुर क्षेत्रमा फलको दोकान लगाउनलाई लिएर विवाद शुरू भयो। पहिले भनावैरी भयो। पछि यो मारपीटमा परिणत भयो। दुवै गुटबीच उत्पात शुरू भयो। क्षेत्रमा जमेर तोड़फोड़ शुरू भयो। धेरै घरहरूको छप्परबाट ढुंगा फ्याकियो। खबर पाउनसाथ भारी संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो। एडीजी दक्षिण बंगाल, डीआईजी प्रेसीडेन्सी रेञ्ज समेत अन्य पुलिस अधिकारी घटनास्थलमा पुगे। आक्रोषित भीड़ले पुलिसमाथि ढुंगामुड़ा शुरू गऱ्यो। रवीन्द्रनगर थाना नजिक क्षेत्रमा एउटा बाइकमा आगो सल्काइयो। पुलिस वाहनमा पनि तोड़फोड़ गरियो।

स्थितिलाई नियन्त्रित गर्न ऱ्याफका जवानहरूलाई तैनाथ गरियो। अश्रू ग्यासको गोला पनि छोड़ियो। हल्का लाठीचार्ज पनि गरियो। तरैपनि स्थिति पूर्ण रूपमा नियन्त्रित हुन सकेन। घटनामा एक महिला पुलिस अधिकारी घाइते भइन्। उसलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गराइएको छ। घटनाले स्थानीय मानिसहरू भयभित छऩ्। यस अवधि मीडिया कर्मीहरूमाथि पनि हमला गरिएको खबर छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande