पोखऱीमा डूबेर दुई नानीको मृत्यु
पोखऱीमा डूबेर दुई नानीको मृत्यु


दक्षिण 24 परगना, 11 जून (हि.स.)। दक्षिण 24 परगना जिल्लाको केनिङको गरखाली क्षेत्रमा पोखरीमा डूबेर दुई जना नानीको मृत्यु भय़ो। स्थानीय सूत्रहरू अनुसार, मृतकहरूको नाम मेघा सरदार (8) र तिथि सरदार (8) बताइएको छ। घटना बुधवार बिहान भएको हो।

स्कूल जान अगाड़ी पोखरीमा नुहाएको समय दुवै डूबे। लगभग आधा घण्टापछि एकको शव पानीमा आय़ो। पोखरीमा खोजी गर्दा दोस्रो नानीलाई पनि भेटाइयो। घटनाको सूचना पाएर केनिङ थाना पुलिस घटनास्थलमा पुग्यो र दुवैलाई केनिङ महकुमा अस्पताल लगियो, जहाँ डाक्टरहरूले उनीहरूलाई मृत घोषित गरे। यस घटनालाई लिएर क्षेत्रमा शोकको लहर छ। पुलिसले दुवै शवलाई पोस्टमार्टमको निम्ति पठाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande