कोलकाता, 12 जून (हि.स.)। कोलकाताको मुचीपाड़ा क्षेत्रमा फेरि एकपटक एकजना एक्ली वृद्धाको रहस्यम परिस्थितिमा मृत्यु भएको मामिला सामु आएको छ। गए बुधवार राती सरपेन्टाइन लेनस्थित एक आवासबाट 76 वर्षीय नमिता पालको शव उद्धार गरियो। आश्चर्यको कुरा के छ भने घरको ढोका बाहिरबाट बन्द थियो। पुलिसले आशंका व्यक्त गरेको छ, वृद्धाको हत्या गरेपछि हत्याराहरू बाहिरबाट ढोगा बन्द गरेर भागे।स्थानीय निवासीहरूले गए बुधवार अबेर साँझ झ्यालबाट वृद्धालाई भूइँमा लड़िरहेको देखे। उनीहरूले घरको ढोका बाहिरबाट बन्द देखेर तत्काल मुचीपाड़ा थानालाई सूचना दिए। पुलिस घटनास्थलमा पुग्यो अनि घरको ढोका भत्काएर भित्र प्रवेश गऱ्यो। घरभित्र वृद्धाको शव मुख्य द्वार नजिक लड़िरहेको थियो।घरभित्र अलमारी लगायत अन्य सामग्रीहरू छरिएका थिए जसबाट लुटपात भएको अनुमान लगाइएको छ।घटनाको जानकारी पाउनसाथ लालबजारबाट डिटेक्टिभ विभागको टीम पनि घटनास्थलमा पुग्यो। प्रारम्भिक जाँचमा अधिकारीहरूले अऩुमान व्यक्त गरे, हत्याराले कुनै बहाना बनाएर ढोका खोलायो, त्यसपछि भित्र पसेर ढोका बन्द गऱ्यो। सम्भवतः उसले महिलाको गला दबाएर हत्या गऱ्यो अनि लुटपाट गरिसकेपछि ढोका बन्द गरेर भाग्यो।पुलिसको मान्यता छ, हत्यारा महिलाको कुनै परिचित नै हुनसक्छ वा उसले फेरिवालाको भेषमा ढोका खोलाएको हो। हाल पुलिसले कुकुरको सहयोगले प्रमाण जुटाउने चेष्टा गरिरहेको छ। साथै क्षेत्रको प्रत्येक सीसीटीभी फुटेजको जाँच गरिरहेको छ ताकि हत्यारासम्म पुग्न सकोस्।पुलिसले हाल शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ अनि मामिला दर्ता गरी जाँच शुरू गरेको छ। वृद्धा एक्लै बस्थिन् जसले गर्दा उनको सुरक्षालाई लिएर पनि प्रश्न उठिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा