कोलकाता, 12 जून (हि.स.) । दक्षिण 24 परगनाको महेश्तलामा गए बुधवार दुई समुदायबीच भएको हिंसक झड़प पश्चात बिहीवार बिहान पनि स्थिति तनाउपूर्ण नै छ, तर नियन्त्रणमा छ। प्रशासनले कानून व्यवस्थालाई कायम राख्नकोक लागि क्षेत्रमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरेको छ।
बिहीवार बिहानदेखिकै पुलिसले क्षेत्रमा फ्ल्याग मार्च शुरू गरेको छ। थाना अनि यस वरपरका क्षेत्रहरूमा अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ। सम्पूर्ण क्षेत्रमा भारतीय न्याय संहिताको धारा 163 अन्तर्गत निषेधाज्ञा लागू गरिएको छ। पुलिसले माइकिंग गरेर मानिसहरूलाई सतर्क रहने अनि अफवाहको पछि नलाग्ने अपील गरिरहेको छ।
अहिलेसम्ममा यस मामिलामा 28 जना मानिसहरूलाई पक्राउ गरिसकिएको छ भने तीन जनामाथि एफआईआर दर्ता गरिएको छ। रवीन्द्र नगर थाना अतिरिक्त नदिाल थानामा पनि केही प्राथमिकी दर्ता गरिएको छ।
बिहीवार बिहान बजार एवं पसलहरू आंशिक रूपमा खोलिएको भए पनि आम जनजीवन अहिले पनि प्रभावितै छ। सड़कहरू सुनसान भएका छन् भने मानिसहरू घरबाट बाहिर निक्लिन डराइरहेका छन्।
उल्लेखनीय छ, गए बुधवार साँझ दक्षिण 24 परगनाको महेशतलास्थित रवीन्द्रनगर क्षेत्रमा दुई समुदायबीच ठूलो भिड़न्त भएको थियो। रबीन्द्रनगर थाना सामु सड़कमा टायर बालेर विरोध प्रदर्शन गरिएको थियो। उपद्रवीहरूले पुलिसमाथि ढुङ्गा-मुड़ा गर्नको साथै थाना नजिकै रहेको पुलिसको वाहनलाई पनि क्षतिग्रस्त बनाइदिएका थिए। यस हिंसामा धेरैजना पुलिसकर्मीहरू घाइते भएका छन्।
पुलिस सूत्र अनुसार स्थिति पूर्ण रूपमा नियन्त्रित नहुञ्जेलसम्म निगरानी अनि गस्ती जारी रहनेछ। प्रशासन यो सुनिश्चित गर्नमा जुटेको छ, क्षेत्रमा पुनः हिंसा शुरू नहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा